चितवन । नेपाली काँगेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवनका काँग्रेसहरु दुईचार दिनमा केन्द्रको निर्णयसँग सहमत हुँदै साइजमा आउने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा कुरा गर्दै श्रेष्ठले बाध्यात्मक परिस्थीतीले सबैतिर गठबन्धलाई मिलाउनुपर्दा भरतपुर काँग्रेसको भागमा नपरेको बताए ।
काँग्रेस कार्यकर्ताको भरतपुरमा मेयर बनाउने अपेक्षा पुरा हुन नसकेको बताउदै उनले भने,‘मेयर नपाएकोमा कार्यकर्ताहरु माझ नैराश्यता आइरहेको छ,केही कार्यकर्ताहरु आवेगमा आएर आफ्ना धारणाहरु राखिरहेका छन् तर विस्तारै दुईचार दिनमा सबै कार्यकर्ता साइजमा आउनेछन् ।’ भरतपुरमा उपमेयर लगायततका बाकी पदहरुमा सकेसम्म काँगेसलाई धेरै दिने सहमतिअनुसार अगाडि बढेपछि काँग्रेसभित्रका आवेग विस्तारै मथ्थर हुँदै जाने उनले बताए । काँग्रेसका अनुभवी र लामो समय काम गरेकाहरुलाई बाकी रहेका पदहरुमा उठाउनुपर्ने उनको जोड थियो ।
