• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

लुटपाट गरी ल्याईएको दुइ गाडी कपडा सहित तीन जना पक्राउ


  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
  • चितवन । लुटपाट गरी ल्याएको लत्ता कपडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको खैरहनी नगरपालिका २ सिमलघारीका १९ वर्षीय पवन भट्टराई, राप्ती नगरपालिका ८ खुखुरेका २४ वर्षीय मनिष केसी र खैरहनी नगरपालिका ९ सिमलटाँडीका ३९ वर्षीय ऋषिराम शर्मा रहेका छन् । उनीहरुले बुधवार बिहान वीरगन्जबाट खुद्रा सामान र लत्ता कपडाहरू लोड गरी आउँदै गरेका ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरको ट्रकबाट लत्ता कपडा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ

    Advertisement

    समान लोड गरिएका उक्त ट्रकहरू बिहान ८:४० बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका १ नयाँवस्ती सडकखण्डमा आईपुग्दा ५/७ जनाको समूहमा रहेका नकावधारी व्यक्तिहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले चालकलाई ज्यान मार्ने धम्की दिएर ट्रकमा रहेका लत्ता कपडा लगायतका सामानहरू प्रदेश २-०३-००१ च ०८४७ र बागमती प्रदेश ०३-००१ च ०६६३ नम्बरको गाडीमा हालेको चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

    खोजतलास गर्ने क्रममा बुधवार नै बागमती प्रदेश ०३-००१ च ०६६३ नम्बरको गाडी राप्ती ०८ विरेन्द्रनगरमा फेला परेको थियो । गाडीसँगै प्रहरीले चालक पवन भट्टराई र गाडीमा सवार मनिष केसीलाई नियन्त्रणमा लिएको थियो । यस्तै प्रदेश २-०३-००१ च ०८४७ नम्बरको गाडीसहित चालक ऋषिराम शर्मालाई खैरहनी ९ सिमलटाँडीबाट नियन्त्रणमा लिईएको डिएसपी अधिकारीले बताए । प्रारम्भिक सोधपुछपछि उनीहरुले रत्ननगर नगरपालिका १४ लौरीघोल स्थित गाई फाराममा लुकाई छिपाई राखेको सामान बरामत गरिएको उनले बताए ।

    ट्रकमा रहेका बाँकी कपडाहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको उनले बताए । लुटपाटमा प्रयोग गरिएको सवारी साधन सहित पक्राउमा परेका मानिसहरूलाई डाँका चोरी कसूरमा चितवन जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाईएको अधिकारीले जानाकरी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भई रहेको समेत उनले बताए ।

    बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.