चितवन : चर्चीत गायक भुवन प्यासीको एमाले चुनावी गीत सार्वजनिक भएको छ । एमालेको समर्थनमा खुलेरै प्रसारप्रसार उत्रिएका उनले घरघरमा एमाले टोलटोलमा एमाले नामक चुनावी गीत ल्याएका हुन् ।
भुवन शर्मा कडेँलको शब्द रहेको गीतमा गायक प्यासीले आफै संगित भरेका हुन् । भने उनलाई गीतमा गायिका सरु राईले साथ दिएकी छिन् ।
फरक शैलीको गीत मार्फत लोकप्रिय बनेका प्यारी यो पटक देखि राजनितिमा समेत आफु खुलेर आएकोले पार्टीलाई जिताउन जनवादी गीत लयाएको बताए । चितवनको चर्चीत पत्रकार कोमल चन्द्र भगत सुडीको निर्देशन रहेको गीतको चर्चीत नृत्य निर्देशक शिव विक नृत्य निर्देशन गरेका छन् । साथै गीतमा नै चितवन घर भएका चर्चीत क्यामारा मेन रविन्द्र बरालले छायांकन गरेका छन् । साथै गीतको सम्पादन ईभेन्ट स्टुडियोमा विष्णु सेवाले गरेका हुन् ।
