बडा दशैँको पहिलो दिन आज घटस्थापना हो । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।
साथै बडा दशैँको अवसरमा देश तथा बिदेशम रहनुहुने मेरा सम्पूर्ण शुभचिन्तक, साथीभाइ ,इस्टमित्र र वाड निवासी आमा बुबाहरुलाई बडा दसैँ को हार्दिक शुभकामना ।
