चितवन, भरतपुर मा रहेको दुई अस्सपतालले सरकारले तोकेभन्दा बढी शुल्क सेवाग्राह्ही बाट लिएको आरोप लागेको चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई चितवन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको इजलासले रकम फिर्ता गर्न फैसला गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको इजलासले दुई अस्पतालले पिसिआर परीक्षणमा लिएको २५०० रुपैयाँ मद्य् सरकारले तोकेको २००० बाहेक अरु बढी ५०० रुपैयाँ फिर्ता गर्न भनेको छ ।
चितवन मेडिकल कलेजले ३ हजार ५ सय २३ जनासँग लिएको ५ सय रूपैयाँ बढी रकम १६ लाख ६१ हजार ५ सय फिर्ता गर्न भनिएको छ । त्यस्तै, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि बिरामीबाट सरकारले तोकेभन्दा ५ सय बढी लिएको भन्दै प्रजिअ तामाङको इजलासले २ हजार ५ सय जनाबाट लिइएको ५ सय रूपैयाँ बढी १२ लाख ५० हजार रूपैयाँ फिर्ता गर्नू भनी फैसला भएको छ ।
अस्पतालहरुले फिर्ता भएको रकमबारे प्रशासनमा जानकारी गराउनपर्ने छ । यदि रकम फिर्ता नभएको खण्डमा अस्पतालले राखेको धरौटी जफत र फिर्ता गर्न भनिएको रकम सरकारी खातामा जम्मा हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको भनाइ छ ।
