• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रमुख दलका शिर्ष नेतालाई क-कसले दिँदैछन् चुनौती ?


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ। उम्मेदवारी फिर्ता लिन चाहनेलाई दिइएको समय पनि बुधबार सकिसकेको छ। निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशित गरिसकेको छ र अब यीनै उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ।

    Advertisement

    प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुरा निर्वाचन क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेले चक्र स्नेहीलाई उठाएको थियो तर पछि नाम फिर्ता लिएको छ।

    देउवालाई चुनौती दिन एमालेले उम्मेदवार उठाएको छैन। एमालेले डडेलधुरा क्षेत्र नं.१ मा नेपाली कांग्रेस (बी.पी.)का उम्मेदवार कर्ण बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ।

    देउवा उठेको क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले श्याम सिनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायतलाई उम्मेदवार बनाएका छन्। सोही क्षेत्रमा स्वतन्त्र रुपमा बिक्रम बहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायतले पनि उम्मेदवारी दिएका छन्।

    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरिएको छ।

    ओली उठेको झापा क्षेत्र नं.५ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले ओम माया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्र प्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले चन्द्र प्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी र मंगोल नेशनल अर्गनाइजेसनले सान बहादुर मेचेलाई उठाएको छ।

    झापा क्षेत्र नं.५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कविन्द्र शेर्मा लिम्बु, नेश्नलिस्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुत्ति पार्टीले पदम बहादुर जवेगु, नेपाली कांग्रेस (बी.पी.)ले सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले राम प्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीले शुरेस कुमार पोखरेललाई उम्मेदवार बनाएको छ।

    ओलीको क्षेत्रमा स्वतन्त्र रुपमा रोहीत प्रसाद पौड्याल, दिपक कुमार पाठक, रामचन्द्र बानिया, भेषराज भट्टराई, सिताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणी दाहाल, केदार नाथ चापागाई, रेवती रमण खनाल र तुलसी राम काफ्लेले पनि उम्मेदवारी दिएका छन्।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ । प्रचण्डलाई चुनौती दिन नेकपा एमालेले अब्दुस सलाम मियालाई गोरखा क्षेत्र नं.२ मा उतारेको छ।

    प्रचण्ड उठेको गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीले प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टीले प्रकाश थापा, राष्ट्रि प्रजातन्त्र पार्टी नेपालले कुल बहादुर बस्नेत, नेकपा (माक्र्सवादी लेनिनवादी)ले नारायण बाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेसनले सोम बहादुर गुरुङ, नेपाली कांग्रेस (बी.पी.)ले टिका दत्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा स्वतन्त्र रुपमा गणेश देवकोटा र विनोद कुमार गुरुङले उम्मेदवारी दिएका छन्।

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ। नेपाललाई चुनौती दिन नेकपा एमालेले रौतहट क्षेत्र नं.१ मा अजय कुमार गुप्तालाई उम्मेदवार बनाएको छ।

    रौतहट क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीले बैद्यनाथ चौधरी, जनमत पार्टीले राजेन्द्र प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरोज कुमारी, नेपाल सुशासन पार्टीले रंजित कुमार पटेल, नेपाल जनता दलले सुबोध चन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले मिस्टर सुर्यदेव प्र. कोइरालालाई उम्मेदवारको रुपमा उठाएको छ।

    उक्त क्षेत्रमा स्वतन्त्ररुपमा अवधेश कुमार ठाकुर, राहुल कुमार मिश्र, अनिल कुमार लाल दास, राम अधार महतो कोइरी, मोहम्मद जियाउल हक, चन्दन कुमार जयसवाल, रेवन्त झा, रामबलि यकुमार यादव र कोशिला देवीले उम्मेदवारी दिएका छन्।

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन्। यसक्षेत्रमा जनता समाजवादी पार्टी र नेकपा एमालेबीच तालमेल भएको छ। उपेन्द्र यादवलाई चुनौत दिन यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जय प्रकाश ठाकुरलाई उम्मेदवार बनाएको छ।

    सप्तरी क्षेत्र नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले कैला मंसुरी (मियाँ), नेपाल मजदुर किसान पार्टीले देव नारायण यादव, जनमत पार्टीले चन्द्रकान्त राउत, हाम्रो नेपाली पार्टीले डम्बर नारायण साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हजरत अलि, नेपाली कांग्रेस (बी.पी.)ले चिरञ्जिबी लाल देव, पिछडावर्ग निषाद दलित जनताजी पार्टीले सुमत्रा मण्डल, नेपाल संघीय समाजवादी पार्टीले प्रमलिा देवी मण्डल, नेपाली जनता दलले चन्द्र कुमारी देव र राष्ट्रिय स्वतन्त्र पार्टीले वरुण कुमार झालाई आफ्नो उम्मेदवार बनाएको छ।

    सप्तरी क्षेत्र नं.२ मा स्वतन्त्ररुपमा विरेन्द्र कुमार मिश्र, महेन्द्र प्रसाद देव, चित्तनारायण यादव र विनोद कुमार यादवले उम्मेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.३ बाट उम्मेदवारी दिएका छन्।

    यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरीएको छ। यसैकारण यहाँ एमालेले उम्मेदवारी दिएको छैन । झापा क्षेत्र नं.३ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले कृष्ण प्रसाद सिटौलालाई उठाएको छ।

    यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले बीर बहादुर राई, नेपाल मजदुर किसान पार्टीले कृष्ण गोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीले भोट लाल राजवंशी, मौलिक जरोकिलो पार्टीले चूडामणि अधिकारी र हाम्रो नेपाली पार्टीले योगेन्द्र प्रसाद खनाललाई उम्मेदवार बनाएका छन्।

    यस्तै झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देवी रमण भट्राई, मंगोल नेशनल अर्गनाइजेसनलले श्याम बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीले गजेन्द्र लिम्बु, नेपाली कांग्रेस (बी.पी.)ले भक्ती प्रसाद पनेरु, सचेत नेपाली पार्टीले ओम प्रकाश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश पाठकलाई उठाएका छन् । यस क्षेत्रमा स्वतन्त्र रुपमा प्रेम प्रसाद खनाल, डम्बर बहादुर गिरी र मनोरथ राजवंशीले पनि उम्मेदवारी दिएका छन्।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.