इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा जगदीश खड्का नियुक्त भएका छन्। चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो।
नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् ।
बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा खड्कासँग १२ वर्षभन्दा बढीको अनुभव छ। सीइओको जिम्मेवारीअघि उनी एफवान सफ्ट ग्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा निर्देशक थिए।
