• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

देवघाटका बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा


  •   आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
  • तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ ।

    Advertisement

    चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो ।

    गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ । “पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बीमा गरेर बीमा कार्ड हस्तान्तरण गरेका छौँ”, उनले भने, “क्रमशः सबै परिवारको बीमा गरिनेछ ।”

    गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् । साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । “सबै वडामा अल्पसङ्ख्यक परिवारको तथ्याङ्क सङ्कलन भइरहेको छ”, उनले भने।

    आर्थिकरूपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

    गाउँपालिकाले अल्पसङ्ख्यक जातिको पहिचान गरी बीमा गर्नका लागि तीन लाख ५० हजार विनियोजन गरेको छ । गाउँपालिकाले सीसमान्तकृत तथा आर्थिक सामाजिकरूपले पछाडि परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि रु चार लाख बजेट विनियोजन गरेको थापाले बताए ।

    पाँच जनासम्म सदस्य रहेको परिवारको बीमाका लागि वार्षिक तीन हजार पाँच सय शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा माथि भए प्रतिव्यक्ति सात सयका दरले रकम बुझाउनुपर्ने प्रावधान छ । गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिन थालेपछि अल्पसङ्ख्यक जातिका व्यक्ति खुसी भएका छन् ।

    जिल्लाका अन्य स्थानीय तहले पनि विपन्न परिवारको स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन् । सदरमुकामस्थित व्यास नगरपालिकाले नगरवासीको स्वास्थ्य बीमा गरिदिने भएको छ ।

    विपन्न नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बीमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फबाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

    आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयको प्राथमिक तहअन्तर्गतका निश्चित वर्गका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।

    प्राथमिक तहमा अध्ययन गर्ने विपन्न बालबालिकाका अभिभावकको स्वास्थ्य बीमा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    बन्दीपुर गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

    आर्थिकरूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले गत दुई वर्षदेखि स्वास्थ्य बीमामा सहयोग गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिने जनाइएको छ ।

    गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको थापाले बताए । आर्थिकरूपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए ।

    “हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्छ, स्वास्थ्य बीमाका लागि रकम हाल्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बीमा गराइन्छ”, उनले भने ।

    आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.