मंसिर ४ मा प्रदेश र संघको निर्वाचन हुँदै छ। देशको राजनीति २ ध्रुवमा बाँडिएको छ ।
नेकपा एमाले केही स्थानमा साना दलहरुसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको छ भने अर्को तिर ५ दलीय गठबन्धन गरेर देशभरि चुनावी मैदानमा होमिएको छ।
अघिल्लो चुनावमा कम्युनिस्ट शक्तिहरू एक भएर झण्डै २ तिहाई बहुमत जनताले नदिएको होइनन्। चुनाव जितेर केपी ओली प्रधानमन्त्री भयापश्चत प्रचण्ड र माधव कुमार नेपाल लगायत अन्य नेताहरुले कहिले भागबन्डा त कहिले आलोपालो प्रधानमन्त्रीको बखेडा निकालेर सरकार सञ्चालनमा बाधा पुर्याने र समृद्धिको मार्गमा अगाडि बढाउने सरकारको नीतिमा निरन्तर आबरोध गरिनै रहे।
विभिन्न बाधा र अवरोधका बीच केपी ओलीले देशलाई समृद्धिको बाटोमा अगाडि बढाउँदै थिए, देशमा विकासको लहर ल्याउँदै थिए, सामाजिक सुरक्षाको दायरा फराकिलो पार्दै थिए ,राष्ट्रियताको मुद्धामा अडीग भएर देशको मिचिएको भूभाग लिम्पुवाधुरा र लिपुलेक सहितको नक्शा प्रकाशन गरी उक्त भूभाग फिर्ता ल्याउन सफल भए, बोर्डर मा चेकपोस्ट हरु बढाउँदै गए ।
देशले बोल्ड प्रधानमन्त्री पाएको कारण अन्तरास्ट्रिय जगतमा पनि देशको छवि बदलिँदै गएको थियो।
केपी ओलीका नेतृकोमा देशमा विकासको लहर आएको र देश समृद्धिको बाटोमा अगाडि बढेको प्रचण्ड एण्ड कम्पनीलाई असह्य भयो र विभिन्न वहानामा बहुमत प्राप्त पार्टी फुटाउने गतिविधि गर्न तर्फ लागे र अन्ततः नेकपा फुटेर नेकपा एमाले, नेकपा माओवादी र समाजवादीमा टुक्रियो।
देशमा पर्मादेशी गठबंधन सरकार बनेपछि सरकार भागबन्डा र कार्यकर्ता भर्ती गर्नमा व्यस्त रहिरह्यो जसकारण समृद्धि र विकासका रफ्तार सुस्ताउन थाल्यो र देशको अर्थतन्त्र धोस्त हुँदै गयो।
देश चुनावी माहोलमा छ, केही स्वतन्त्र उम्मेद्वारहरू पनि चुनावी मैदानमा उत्रिएका छन्।
बहुदलीय व्यवस्थामा स्वतंत्र उम्मेदवारको विजय भएर संसद्मा पुगेपछि उहाँहरुको भूमिका ओझेमा पर्छ र आफ्नो क्षेत्रमा चुनावमा बोलेअनुरुप काम गर्न असम्भवप्राय छ।
चुनाब पश्चत देशमा की एमाले की गठबन्धनको सरकार आउने निश्चितप्राय छ।
यसपाली चुनावबाट सरकारमा जाने केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड मध्य एक जना हो।
यी तीन मध्य विकास, समृदी र राष्ट्रियताको सवालमा जनआकांक्षा अनुसार काम गर्ने केपी ओली मात्र हो। त्यसकारण आगामी चुनावमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराएर फेरि पनि केपी ओली नेतृत्वको सरकार बनेमा देशले फेरि समृद्धि को यात्रा सुचारु गर्नेछ र सुस्ताएका विकासको आयोजना ,समृद्धिको यात्रा फेरि जुर्मुराउँदै अगाडि बढ्ने छ।
वर्तमान अवस्थामा देशको समृद्धिको यात्रा र देशको दिगो विकासको लागि केपी ओलीको विकल्प छैन , त्यसैले सम्पूर्ण एमालेका उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराएर नेकपा एमालेलाई दुई तिहाई बहुमत सहित विजय गराउनुपर्ने आजको आवश्यकता हो।
