उसलाई संघियता मन परेकै छैन
धर्मनिरपेक्षता पनि चाहिएको छैन
चिया पसल चोक चौतारामा बसेर संघियता घाँडो हो भन्छ
धर्म मासे चोरहरुले भन्छ ।
भ्रष्टाचार देखेर उसको रगत उम्लिन्छ
कुर्दाकुर्दा काम नबन्दा रिसले चुर हुन्छ ।
सब खतम बनाए चोरहरुले भन्छ ।
उ जाममा पर्छ धुलो धुवाँ खान्छ
ह्वाँस्स नाकमा फोहोरको दुर्गन्ध पर्छ
दायाँबायाँ हेर्छ र मनमनै भन्छ
साला चोरहरु खान मात्रै जानेका छ्न ।
उ बिरामि हुन्छ , थलिन्छ ।
सेवा भन्दा बिल ठुलो पाउँछ
अस्पतालको बिल तिर्न ऋण काड्छ ।
डिस्चार्ज भएर निस्किदै गर्दा भन्छ
सब एक से एक लुटेरा मात्र छ्न ।
सरकारि स्कूलमा मास्टरको राजनिति देख्छ
बोर्डिङ्ग स्कूल बाट छोरिको बिल आउँछ
बिभिन्न सिर्सकको फि पड्दा पड्दै आफ्नो आम्दानी सोच्न पुग्छ
उ थचक्क खाटमा बस्दै भन्छ
माफियाले फेरि बढाएछ्न फि !
टडक लाई साइड दिंदा उ खाल्डामा पर्छ
लड्यो , कुईनोमा काट्यो , घुँडाबाट पाईन्ट फाट्छ
मटरसाईकल स्टार्ट भएन
घाममा डोराउँदै पसल पुरायो
पानी मागेर हात धुँदै भन्छ
साला दलाल हरु फेरि आउलान नि भोट माग्न ….
परबाट एक हुल मान्छे जिन्दाबाद हाई हाई भन्दै आए
उ त्यहि हुलमा झण्डा बोकेर भोट माग्दै हिँडेको रहेछ ।
…………………..
पहिले परिबर्तन र जागरण आफैंमा ल्याउनु पर्छ ।
नराम्रोलाई साथ दिएर राम्रोको आस गर्नु ब्यर्थ छ।
श्री पशुपतिनाथले हामि सबैको कल्याण गरुन् ।
