चितवन, कात्तिक ६–
समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहनु भएकि श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
विस १९८५ सालको असोज ४ गते फूलपातिका दिन तनहूँ बन्दिपुरमा जन्मनु भएकी मैयादेवि श्रेष्ठ आधुनिक चितवनसँग जोडिएर आउने पात्रमध्ये हुनुहुन्थ्यो ।
वीपी कोइरालाबाट विस २००३ सालमै नारायणगढमा तत्कालिन नेपाली राष्ट्रिय काँग्रेसको सदस्यता लिएर राजनीतिमा लम्कनु भएकी उहाँ धर्म र समाजसेवामा पनि जोडिनु भयो ।
धर्मछोरा टंकनाथ पौडेलका अनुसार शव उहाँको शवलाई आज बिहान ९:३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उहाँले नै स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने पौडेलले बताउनु भयो ।
त्यसपछि श्रेष्ठको शवलाई अन्त्येष्टिका लागि देवघाट लगिने पौडेलले जानकारी दिनुभयो ।
दानवीरका रुपमा चिनिनु भएकि मैयादेवी श्रेष्ठ मैयादेवी कन्या कलेज भरतपुरको संस्थापक संरक्षकसमेत हुनुहुन्छ ।
आजिबन अविवाहित श्रेष्ठले धर्मछोराहरु तथा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघसंस्थालाई आार्थिक तथा जग्गा दान गर्नु भएको छ । समाजसेवी मैयादेवी श्रेष्ठको निधन प्रति नारायणी प्रेस हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।
