नर्मदा बचत तथा ऋण सहकारी संस्था लि. को १० औ साधारणसभा तथा चौथो अधिवेशन सप्पन्न,सहकारीका अध्यक्ष गोपीधन चालिसेज्युको सभापतित्वमा भएको कार्यक्रममा, अध्यक्षको प्रतिबेदन, बाह्य लेखापरीक्षण प्रतिबेदन मा पनि छलफल भएको थियो ।

यस्तै नारायणगढ र भरतपुर क्षेत्रमा कार्यालय बिस्तार गर्ने र पुजि वृद्धि गर्ने निर्णय गरेको छ, यस्तै संस्थाको बन्दसत्रले भरत अधिकारीको अध्यक्षतामा ९ सद्स्यिय संचालक समिती चयन गरेको छ ।
कार्यक्रममा भरतपुर युवा सन्जालमा अध्यक्ष सन्देश वाग्ले ले मन्तव्य दिदै अग्रजलाइ सम्मान सहित सहकारीलाई समयानुरुप ढंगले अघि बढाउदै लैजानु पर्ने बताउनुभयो ।
यस्तै संस्थाका नवनिर्वाचित सचिव अनिल घिमिरेले समयको मागसङ्गै बित्तिय संस्थालाई टेक्नोलोजी फ्रेन्डली बनाउने र प्रोफेसनल ढंगले सहकारीलाइ अघि बढाउदै पश्चिम चितवनकै अग्रणी संस्था बनाउने कुरा बताउनुभयो ।
