नेकपा एमालेका कार्यकर्ताले चितवनको भरतपुरमा आयोजित कार्यक्रममा हुलदंगा गरेका छन् | भरतपुरमा आयोजित एक कार्यक्रममा एमालेका कार्यकर्ताले हुलदंगा सहित केहीलाई हातपात समेत गरेका हुन् |
प्राईम टाइम्स टेलिभिजन आरा आयोजित निर्वाचन लक्षित एक कार्यक्रम ‘मंसीर ४ माहासंग्राम’मा हुलदंगा सहितको झडप भएको हो | पत्रकार ऋषि धमलाले संचलान गरेका उक्त कार्यक्रम चितवनको ग्लोबल होटेलमा संचालन भएको थियो | कार्यक्रममा चितवन क्षेत्र न.२ बाट प्रतिनिधि सभा उम्मेदवार मध्य गठबन्धनबाट उमेश श्रेष्ठ , एमालेबाट कृष्णभक्त पोखरेल र रास्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछानेलाई बहसका लामी आमन्त्रणा गरिएको थियो | लामिछाने कार्यक्रममा उप्पस्थित भएनन भने श्रेष्ठ र पोखरेल उपस्थित थिए |
कार्यक्रममा धमालाले दुवै उम्मेदवारलाई प्रश्न गरिसकेपछि प्रश्न गर्नको लागि फ्लोर खुल्ला गरेका थिए | त्यस बिचमा धेरै प्रश्न पोखरेल र श्रेष्ठमाथि गरिएको थियो |एक प्रसंगमा संसद बिघटन र ओलीको कुरा निस्किएको थियो |ओलीले मात्र संसद बिघटन नगरी २०५१ सालमा देउवाले समेत संसद बिघटन गरेको पोखरेलको जिकिर थियो | त्यहि बिचमा एक स्थानीयले एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई एक प्रश्न राखेका थिए |
प्रश्न यस्तो थियो –
=तपाईं त आफुलाई बरिष्ठ अधिबक्ता हुँ भन्नुहुन्छ , म तपाईं जस्तो बरिष्ठ अधिबक्ता त होइन , तर कानुन अध्यन गरिरहेको एक सामान्य बिद्यार्थी हो | तर तपाईं र मैले अध्यन गर्ने संबिधान चाहिं एकै हो | २०७२ साला भन्दा अघिको संबिधानमा संसद बिघटन हुन सक्ने प्राबधान थियो तर २०७२ सालमा संबिधान जारि गर्दा संबिधानमा त्यो प्राबधान कतै पनि राखिएको छैन किनभने अहिले हामीले अपनाएको प्रणाली सुधारिएको संसदीय प्रणाली हो |
=ओलीले पहिलोपटक संसद बिघटन गर्दा संसद विघटनको विरुद्दमा उभिएर अदालतमा बहस गर्ने तपाईं तर दोस्रो पटक संसद बिघटन गर्दा संसद बिघटनको पक्षमा उभिनुभयो , यसरि मुलुकको संविधानको विषयमा नै स्थिर हुन नसक्ने तपाईंलाई के र कुन आधारमा मत हालेर केका लागि सांसद बनाउने ?
यसरि २ प्रश्न परेपछि पोखरेल अक्मकिए जुन कुराको जवाफ दिनका लागि उनीसंग कुनै तर्क थिएन |यो प्रश्नले अकमकिएका पोखरेल अफ्त्यारोमा परेर जवाफ दिन नसकेपछि एमालेका कार्यकर्ताले प्रश्न सोध्नेलाई कार्यक्रमको बिचमा नै भौतिक आक्रमण समेत गरेका थिए | प्रश्न गर्दा गर्दै एमाले निकट अनेरास्ववियुका युवाले हातबाट माइक खोसी हुलदंगा गर्न प्रयास गरेका थिए | कार्यक्रमा सहभागी सबैले छेकेपछी आक्रमण गर्ने प्रयास भने असफल बनेको थियो | त्यस बिचमा अनेरास्ववियुका एक नेताले कांग्रेस भरतपुर कि महिला नेतालाई हातपात समेत गर्ने कोशिस गरेका थिए | हुलदंगा रोक्नका लागि बाक्लो संख्यामा प्रहरी कार्यक्रमा स्थल मै प्रबेश गरेका थिए | निरन्तरको हुलदंगा र अमर्यादित गतिविधिका कारण धमलाले कार्यक्रमलाई बिच मा नै टुंग्याएका थिए |
एमालेका कार्यकर्ताले अराजक शैली देखाएको भन्दै सबैले बिरोध गरेका थिए |
