• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ फागुन १२ मा रिलिज हुने


  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
  • अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ फागुन १२ गते रिलिज हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्र रिलिज मिति, शिर्ष गीत ‘उडि छुनु छ आकाश’को लिरिकल भिडियो तथा टीजर सार्वजनिक गरिएको हो। गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र बानिका प्रधानको स्वर रहेको छ।

    Advertisement

    तीन पुस्ताका कलाकारहरु रहेको यो चलचित्रमा नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ।

    कार्यक्रममा चलचित्रको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मंचन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए। “पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ। त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ  मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गर्नुभयो। एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ। त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाए।”

    खनालले थपे, “यदि अल्पायुमै श्रीमतीको देहावसान भएपछि पुरुषहरुलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई चाहिँ हुँदैन ? यो प्रश्नले मलाई साह्रै छोएको थियो। हामी एक्काइसौ शताब्दीमा छौं, समानताको कुरा गर्छौं तर कर्म गर्दैनौँ । मैले यो सिनेमाको माध्यमबाट कर्म गर्न खोजेको हो।” उनले चलचित्र मार्फत विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सवाल उठाएको र त्यसको जिम्मा पनि आजको पिँढिलाई दिएको बताए।

    अभिनेत्री बसुन्धरा भुषालले बिधवालाई श्रीमान चाहिने बिषयमा समाजले नराम्रो रुपमा लिन नहुने बताईन्। उनले भनिन्, “यो चलचित्र महिलाहरूको हकहितको लागि हो। पुरुषलाई श्रीमति बितेको तेह्रै दिनमा अर्को श्रीमति आवश्यक पर्ने तर महिलाले एक्लै जीवन कटाउनुपर्छ भन्ने हँदैन। उसलाई त समाजमा जीउन पुरुषको झन् बढि आवश्यकता पर्छ, यो चलचित्रले पनि त्यहि बिषयको वकालत गर्छ।”

    अभिनेता नीर शाहले उत्कृष्टताको क्लाइमेक्स यदि दुईवटा शब्दमा मात्र व्यक्त गर्नुपर्ने भयो भने आफुले साह्रै गर्वका साथ सरोज खनाल भन्न सक्ने बताए। उनले भने, “हि इज एक्सेलेन्ट भन्नुपर्‍यो भने मैले सरोज खनाल भन्छु । यो नामले मेरो दृष्टिकोणमा त्यो मुल्य राख्दछ।” शाहले आफुले अधिकांश समय बिधवा बिवाहको बारेका वकालत गरिरहेको बताउँदै भने, “मैले चैतन्य प्राप्त गरेदेखी अधिकांश समय बिधवा महिलाको बिवाहको लागि लडिरहेको छु, मेरो पहिलो चलचित्र ‘सिन्दुर’ पनि यहि बिषयमा थियो।” आफ्नो भुमिकाबारे ठट्टा गर्दै उनले भने, “जुन कुराको लागि सँधै लडिरहेँ, त्यहि हुनुहुँदैन भन्ने भुमिका यो चलचित्रमा गर्नुपऱ्यो।”

    अभिनेत्री करिश्मा मानन्धरले आफ्नो लामो चलचित्र करियरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताईन्। मानन्धर भन्छिन्, “मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाईन। मेरो यति लामो करियर छ, मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो। ‘बगान’मा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ। यो चलचित्रमा अभिनय गर्दा मैले एकपटक पनि ऐनामा हेर्नु परेन।” उनले आफुलाई एउटा युवा केटी आमा बन्दा एकदमै राम्रो महुशस भएको बताउँदै भनिन्, “मैले जुन भूमिका गर्न पाएँ त्यो हो म हुँ । यो चलचित्रले हाम्रो समाजको एकदमै गहन विषयवस्तु उठाएको छ।”

    निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए। उनले त्यसकारण नै चलचित्र बनाएको बताए। कार्यकारी निर्माता विनोद मानन्धरले यो चलचित्रमा सबैको साथ चाहिएको बताए।

    यहि चलचित्रबाट चलचित्र अभिनयमा प्रवेश गरेकी प्रमिला कार्कीले नयाँ भएको कारण अग्रजहरु सँग काम गर्ने आफ्नो ईच्छा रहेको बताइन्। उनले भनिन्, ‘पहिलो चलचित्र नै सबै अग्रज हरु संग काम गर्न पाउँदा एकदमै खुशी छु। उनले आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्देशक सरोज खनाल लाई बिशेष धन्यवाद दिन चाहन्छु।’

    बगानमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

    नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ।

    मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.