• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बागलुङ १ मा सूर्य पाठक र चित्रबहादुरबीचकाे चुनावी भिडन्त रोचक बन्दै


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।

    Advertisement

    सत्ता गठबन्धनभित्रै कतिपय विषयमा फरक मत राखेर अनौठो व्यवहार गर्ने उनलाई निर्वाचनमा कडा टक्कर दिइरहेका छन् एमालेका डा. सूर्य पाठकले। सोही निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका पाठकको प्रतिद्वन्द्वीको रूपमा चित्रबहादुर आएपछि बागलुङ १ को चुनावी भिडन्त रोचक बनेको छ।

    तर, एक बहस कार्यक्रममा चित्रबहादुर अनुपस्थित भएपछि उनको आलोचना भएको छ। उनी जनताको प्रश्न सामना गर्न नसकेर भागेको आरोप लागेको छ। प्रसंग हो, एक टेलिभिजन बहस कार्यक्रमको।

    उम्मेदवारहरूबीच बहस गराउन बागलुङ पुगेका थिए पत्रकार ऋषि धमला। सो कार्यक्रममा चित्रबहादुरसहित सूर्य पाठकलगायतलाई बोलाइएको थियो। तर, केसी गइदिएनन्। कार्यक्रममा धमलाले चित्रबहादुर आइनपुगेको भनेर के भन्न भ्याएका थिए, उपस्थित सर्वसाधारण होहल्ला गर्न थाले।

    सोही बीचमा पाठकले भने, ‘मेरो केही कुरा छ, बागलुङमा चित्रबहादुरजी र मेरोबीचमा प्रतिस्पर्धा हुँदैछ। म उहाँसँग डिबेट गर्न मतदातालाई भेट्न छाडेर उहाँ आएको छु। त्यसकारण उहाँको उपस्थिति अनिवार्य छ।’ उनी ननुपस्थित भएपछि स्वतन्त्र उम्मेदवार चन्द्रबहादुरलाई पाठकसँग राखेर धमलाले कार्यक्रम चलाए।

    तर, पाठकले कार्यक्रममा निरन्तर चित्रबहादुरको खोजी गरिरहे। यतिसम्म कि केसी नआएसम्म आफू बोल्न तयार नभएको बरु पर्खिने बताए। धमलाले पाठकजी तपाईको एजेण्डा के भनेर प्रश्न गर्दा चित्रबहादुर आएपछि मात्रै बहस गर्ने अडान लिइरहे।

    उनले यहाँको बहस आफ्नो र चित्रबहादुरको हुने भएकाले उनको उपस्थिति अनिवार्य भएको बताए। उनले लोकतन्त्रमा प्रश्नबाट भाग्न नमिल्ने भन्दै त्यसका लागि आफू पर्खिन तयार रहेको बताए । तर, धमलाले कार्यक्रम अघि बढाउन खोजेपछि यसरी नहुने भन्दै दर्शकदीर्घाबाट होहल्ला भयो।

    धमलाले भने दर्शकतर्फ संकेत गरेर उम्मेदवारलाई प्रश्न सोध्न आग्रह गरे। यहीक्रममा दर्शकदीर्घाबाट जीवन शर्माले सूर्य पाठकले अघिल्लो निर्वाचनमा विजयी भएपछि जनताको पक्षबाट के काम गरे भन्दै प्रश्न गरे। उनको प्रश्नपछि उनले पाठकले आफू प्रश्नबाट नभाग्ने बताए। तर, चित्रबहादुर भागेको उनको आशय थियो।

    उनले चित्रबहादुर नआउने निष्कर्षका साथ सबैको सम्मान गर्दै मतदातामार्फत आफ्ना कुराहरू राख्ने बताए। सो क्रममा उनले आफ्ना चुनावी एजेण्डा विगतमा आफूले गरेका काम कारबाहीको बेलिविस्तार सुनाए। उनले चुनावपछि एमालेले बहुमत ल्याउने र अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरे।

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.