• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

घात प्रतिघात र प्रचण्डको प्रधानमन्त्री बन्ने लालसा


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • आम निर्वाचनका लागि हिजोदेखि राजनीतिक दलहरुले प्रचार प्रसारका औपचारिक कार्यक्रमहरु तय गरिरहँदा निर्वाचनपछिका प्रधानमन्त्रीका उम्मेदवारहरु सतहमा प्रकट हुन थालेका छन्।

    Advertisement

    मुलत नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका बीचमा यसपटकको आम चुनाव हुँदैछ। स्वाभाविक छ कि यो चुनावले दिने परिणामले भावी प्रधानमन्त्री को हुने भन्ने तय गर्ने छ।

    तर, निर्वाचनपूर्व आएका दावीहरुले निर्वाचनपछिको मुलुकको राजनीतिक अवस्था फेरि सत्ताको लुछाचुँडी र सांसदहरुको मोलमोलाइमै पो बित्ने हो कि भन्ने पर्याप्त संकेत भने गरेको छ।

    विशेषत सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आगामी सरकारको नेतृत्व कस्ले गर्ने भन्नेमा एउटै आवाज छैन। नेपाली कांग्रेसका नेताहरुले हालका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा नै निर्वाचनपछि बन्ने सरकारको पनि प्रधानमन्त्री हो भनेर भनिसकेका छन्।

    उमेर बुढ्यौली लागिसके पनि देउवाले सो पदप्रतिको आकांक्षा घटाएका छैनन् अर्थात् उनी मुलुकको शासनको बागडोर अर्को पाँच बर्षका लागि पनि हत्याउन चाहान्छन्। यसैको परिणाम हो, माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको गठबन्धन।

    पार्टी नेकपा माओवादी केन्द्रले जारी गरेको घोषणापत्रमा पनि आफ्नै नेतृत्वमा भावी सरकार बनाउने उल्लेख गरेर मत मागेको छ। जम्मा ४५ सीटमा उम्मेदवारी दिएर बहुमतको सरकार बनाउने सपना दाहालले देखेका पक्कै होइनन्।

    राजनीतिक नैतिकता, सिद्धान्त, आदर्श र व्यवहार कुनै पनि कोणबाट हेर्दा पनि प्राकृतिक नलाग्ने यो अप्राकृतिक गठजोड गर्नुमा जे जसरी भए पनि सत्ता हत्याउने र शासन गर्ने आकांक्षा निहीत छ भन्ने प्रष्टै देखिएको छ। दाहालको भरमा आगामी ५ बर्षसम्म शासन गर्न पाइने आशामा छन् देउवा। तर, के दाहाल भरलाग्दा छन् त देउवाका लागि?

    निर्वाचनअघि प्रचारप्रसारका क्रममै दाहालले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका छन्। गोरखाको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएका दाहालले आफूले संचारमाध्यममा अन्तर्वार्ता दिँदा पनि जनताले आफ्नो नेतृत्वको सरकार हेर्न चाहेको र आफूले नेतृत्व गर्न पाए मुलुकको विकास तीब्र गतिमा गरेर प्रमाणित गरिदिने दावी पनि गर्दै आएका छन्।

    उनको पार्टी नेकपा माओवादी केन्द्रले जारी गरेको घोषणापत्रमा पनि आफ्नै नेतृत्वमा भावी सरकार बनाउने उल्लेख गरेर मत मागेको छ। जम्मा ४५ सीटमा उम्मेदवारी दिएर बहुमतको सरकार बनाउने सपना दाहालले देखेका पक्कै होइनन्।

    निर्वाचनमा हुने हारजितका खेलका दौरानमा कसकाे हैसियत के हुने भन्ने कुरा परिणामले मात्र देखाउँछ तर दाहालको प्रधानमन्त्री पद प्राप्तिको तीब्र चाहाना घोषणापत्र,अन्तर्वार्ताहरु,उनका पार्टीका नेताका अभिव्यक्तिहरुमा जताततै प्रकट भएका छन्। अर्थात् दाहाल निर्वाचनपछिको प्रधानमन्त्री बन्ने दौडमा अहिलेदेखि नै छन्।

    बिहीबारमात्र गृहजिल्ला पुगेर प्रधानमन्त्री देउवाले माओवादीसहितको यो गठबन्धनलाई आफ्नो नेतृत्वमा अरु दश पन्ध्रबर्ष अघि लाने इच्छा व्यक्त गरेका छन्। देउवाको यो इच्छा पनि दाहालको प्रधानमन्त्री बन्ने चाहानको एउटा बाधा हो।

    कतिबेला दाहाल प्रधानमन्त्री बन्ने केही आधारहरु हुनसक्छन्? जतिबेला गठबन्धनका तर्फबाट नेतृत्वकर्ता शेरबहादुर देउवाले म सक्दिन र अरु कांग्रेस नेता सो पदका लागि तत्काल अघि सार्दिन भनेर हात उठाउँछन्। यो बाहेक शेरबहादुर देउवा नै निर्वाचन हारेको अवस्थामा पुग्नु पनि अर्को आधार हुनसक्छ दाहालका लागि तर यसबेला कांग्रेसका अरु नेताले सहजै छोड्ने स्थिति भने छैन।

    अर्को अवस्था भनेको नेकपा एमालेसँग फेरि सहमतीका लागि हात बढाउँदाको हो। यदि दाहालको पार्टीले केही सिटहरु हासिल गर्न सक्यो र एमालेसँग मिल्दा सरकार बन्न सक्ने अवस्था बन्यो भने दाहालले अहिलेको कांग्रेससँगको गठबन्धनलाई चटक्कै छोड्नसक्छन्।

    किनकि विगतदेखि नै उनले आफूलाई अप्रत्यासित निर्णय गर्न सक्ने डाइनामिक नेताका रुपमा परिभाषित गर्दै आएका छन्। एमालेसँग साँठगाँठ गर्न ओली नेतृत्वको सो दलले अहिलेको निर्वाचनका ठूलो धक्का खाएको हुनुपर्छ अर्थात् ओलीको शेखी झरेको अवस्था हुनुपर्छ।

    कतिबेला दाहाल प्रधानमन्त्री बन्ने केही आधारहरु हुनसक्छन्? जतिबेला गठबन्धनका तर्फबाट नेतृत्वकर्ता शेरबहादुर देउवाले म सक्दिन र अरु कांग्रेस नेता सो पदका लागि तत्काल अघि सार्दिन भनेर हात उठाउँछन्। यो बाहेक शेरबहादुर देउवा नै निर्वाचन हारेको अवस्थामा पुग्नु पनि अर्को आधार हुनसक्छ दाहालका लागि तर यसबेला कांग्रेसका अरु नेताले सहजै छोड्ने स्थिति भने छैन।

    देउवा र दाहालवाहेक प्रधानमन्त्री पदका तीब्र आकांक्षीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि देखिएका छन्। उनको निर्वाचन क्षेत्रमा पनि भावी प्रधानमन्त्री भनेरै प्रचार गरिएको छ।

    यतिमात्र होइन हालै रिलिज गरिएको गगन जिताउ अभियानको गीतमा पनि हाइहाइ गगन दाइ भन्दै प्रोजेक्ट गभर्मेण्टको कुरा गरिएको छ। पार्टीभित्र देउवाविरोधी धारमा नेता भनेर चिनिने शेखर कोइरालाले मोरङबाट चुनाव जित आगामी संसदीय दलको नेताका लागि उम्मेदवारी दिने निश्चित जस्तै छ।

    सत्ता गठबन्धनका नेताहरुको यो प्रधानमन्त्री पदका लागि शुरु गरिएको प्रचार दौडाहाले निर्वाचनमा एकअर्कालाई हराउने घातको खेल पनि चर्कनसक्ने विश्लेषण गरिँदैछ।

    जस्तो सुकै घात गरिए पनि देउवालाई हराउन सजिलो छैन तर दाहाल, थापा र कोइराला त जतिसुकै सुरक्षित ठाउँ खोजेर उठेका भए पनि केही मतको घात भए पराजित हुन सक्छन्। दाहालको प्रधानमन्त्री बन्ने लालसा र त्यसबाट उत्पन्न हुने परिस्थितिले कस्तो चुनावी परिणाम ल्याउने हो त्यसका लागि मंसीर ४ को मतदान कुर्नै पर्छ।

    तर, आफ्ना विरोधीहरु प्राय सबैलाई ठेगान लगाइसकेका नेकपा एमालेका अध्यक्ष केपी ओली भने पार्टीभित्रबाट एकमतले प्रधानमन्त्री अघि सारिएका छन्। उनका लागि संयोग उनीसँग गठबन्धनकर्ता जनता समाजवादी पार्टी र राप्रपा दुबैले भावी प्रधानमन्त्रीमा दावी गरेका छैनन्।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.