• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राप्रपा उम्मेदवार रविन अधिकारीको प्रतिबद्धता : कृषि र पर्यटनलाई प्राथमिकता


  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
  • आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिध सभा सदस्यका उम्मेदवार बनेका रविन अधिकारीले आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

    Advertisement

    राष्ट्रिय प्रजातन्त्र पार्टी (चुनाव चिन्ह हलो) का उम्मेदवार अधिकारीले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिबद्वता सार्वजनिक गरेका हुन् । अधिकारीले आफ्नो प्रतिबद्धता पत्रमा कृषि र पर्यटनलाई विशेष जोड दिएका छन् ।

    उनले नेपाली खानाहरूको मौलिक पहिचानका लागि गुन्द्रुक, ढिंडो र सेल रोटी जस्ता खानाको ब्राण्डिङ, लेबलिङ गरी व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

    व्यवसायिक योजना सहितको लागत लाभ विश्लेषणका आधारमा कृषिबाली उत्पादन तथा पशुपन्छी पालनमा प्रोत्साहन र उत्पादन परिमाणका आधारमा अनुदानको व्यवस्था गरिने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
    प्राङ्गारिक मल प्रयोगमा कृषकलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था, चितवन क्षेत्र नम्बर २ भित्र उत्पादित कृषि उपजको न्यूनतम लागत मूल्य निर्धारण गरी सो मूल्य भन्दा कममा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएमा बीमाबाट पूर्ति गर्ने व्यवस्थाका लागि पहल गरिने समेत बताइएको छ ।
    कृषिमार्फत अर्थतन्त्रका लागि उत्प्रेरित गर्न चितवन क्षेत्र नम्बर २ अन्तरगत रहेका सम्पूर्ण विद्यालयहरूमा कृषि शिक्षा अध्यापन गर्ने व्यवस्था मिलाउने उनको प्रतिबद्धता रहेको छ ।

    अधिकारीले यातायातको सहज व्यवस्थापन गरी सिराईचुली, इच्छाकामना, उपरदाङगढीलाई कृषि, पर्यटन, धार्मिक, सांस्कृतिक, र पर्यटकीय स्थानको रूपमा विकास गर्ने बताएका छन् ।

    प्रतिबद्धता पत्रमा ‘किड ट्रेकिङ्ग, बाईकिङ्ग र होमस्टेको लागि आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख छ । गुणस्तर प्रवर्द्धनका लागि गुणस्तरीय प्रयोगशाला, अन्तर्राष्ट्रिय बजार पहिचान तथा
    प्रवर्द्धनमा नीजि क्षेत्रसँग साझेदारी, निर्यातजन्य बाली तथा वस्तुको उत्पादन, प्रशोधन, बजारीकरण, ब्राण्डिड, ढुवानीको लागि सहजिकरण गरिने पनि अधिकारीले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । उनले कृषि बजारीकरण, कृषि बजार पूर्वाधारको विकास, उत्पादनलाई पनि जोड दिएका छन् ।

    नेपालीलाई रोजगारी प्रदान गर्ने तथा स्वदेशी उत्पादन वृद्धिमार्फत आयात विस्थापित गर्ने, उद्यम संचालनमा आवश्यक सहजीकरण गर्न श्रोत साधन युक्त ‘उद्यम विकास केन्द्र’ को स्थापना गर्ने तथा रोजगारीका सूचना तथा तथ्याङ्क सहितको ‘रोजगार बैंक’ सञ्चालन गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

    आधुनिक कृषि उत्पादनलाई प्रोत्साहन गर्दै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरूको पकेट क्षेत्र निर्धारण गरी बेमौसमी उत्पादनलाई प्रोत्साहन गर्ने पनि उल्लेख छ । नारायणी नदी किनारलाई धार्मिक, संस्कृति, प्राकृतिक स्वच्छता कायम गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै पवित्रस्थल देवघाटधामदेखि गोलाघाटसम्म पैदल यात्रा तथा साईकल यात्राको लागि आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख छ । चितवनमा आवश्यक प्रविधियुक्त आइटी पार्कको स्थापना गर्ने र जिल्लालाई आइटी हबको रुपमा विकास गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । ‘चितवनजस्तो हरेक पूर्वाधारले सम्पन्न हुँदै गएको जिल्लालाई आइटी पार्क आवश्यक छ,’ उनले भने, ‘अब चितवनलाई एउटै छातामुनिको आइटी हब बनाउने योजना छ।’ यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली सीपको प्रबर्द्धन गरी वैदेशिक मुद्रा भित्र्याउनमा मद्दत पुग्ने अधिकारीको भनाइ छ ।

    आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.