संघ र प्रदेशको निर्वाचन संघारमा छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिईरहेका छन् । यसै सन्दर्भमा चितवन निर्वाचन क्षेत्र ३(२) प्रदेशसभा सदस्यका उम्मेदवार ठाकुर ढकालले माडीको विकासका लागि अनवरत संघर्ष गर्ने बताएका छन् । यसअघि पनि जनप्रतिनिधिकै रूपमा कार्य गरेको उल्लेख गर्दै उनलेे रातदिन जनताकै सेवामा क्रियाशील हुन चाहेको बताए । माडीको भैरवपुरमा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार ढकालले जनताको चाहना अनुसार काम गर्न आफू निर्वाचनमा आएकाे बताए ।
`पहिलोपटक माडीको नगरप्रमुख हुँदा मैले यहाँको सडक, पुल पूर्वाधार निर्माण याेजना अघि बढाएँ´, उनलेे भने,म- `अझै काम गर्न बाँकी छ, केही खाेलाका पुलसँगै तटबन्ध आयाेजना सम्पन्न गर्न पनि म निर्वाचित हुनुपर्छ ।´
उनलेे निकुञ्ज ऐन २०२९ संशोधन गर्न पहल गरिरहेकाे बताए । वन्यजन्तु नियन्त्रणसँगै माडीलाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उनको याेजना छ । `म काम गर्छु, गरिरहेकाे छु´, ठाकुरले भने- `यत्ति जानकारी हुदाँहुँदै पनि म बाहेक काेही याे उम्मेदवार छन् भन्ने यहाँहरूलाई लाग्छ भने उसैलाई मतदान गर्नुहाेस् ।´
अब खरकाे छानाे हटाएर टिनको छानाे निर्माण गर्न पहल गर्ने ढकालको प्रतिबद्धता छ । त्यसकारण कसैको पछि नलाग्न आग्रह गर्दै उनलेे विचारको पछि लाग्न अनुरोध गरे ।
