• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन्। “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो। अहिले स्वाद नै फरक छ। अहिलेको चामलमा गुलियोपन छैन”, उनी भन्छन्, “पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो। अहिले बास्ना पनि कम आउने र कम गुलियो छ।”

    Advertisement

    कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताउँछन्। विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ। “पहिले रासायनिक मल भन्ने नै थाहा थिएन। गोठ नै खेतबारीमा राखिन्थ्यो। प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो। स्वादिलो हुन्थ्यो”, उनी भन्छन्, “ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो। अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ।”

    “अहिले खेतीपाती गर्न खर्चिलो छ। रासायनिक मलको प्रयोग गरिन्छ। त्यो किन्नै पर्‍यो। अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ। अनि कसरी राम्रो उत्पादन होस्। यो दुःख गर्नुभन्दा बजारको चामल सस्तो पर्छ। केको दुःख गर्नु अहिलेकाले”, ओझा भन्छन्, “भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल। दुःख किन गर्छन् र ?”

    आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनी भन्छन्, “अधियाँ गर्ने मान्छे पाइँदैन। खेत बाँझै रहन्छ। आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ।” “अहिले तीन भकारी धान भए पनि वर्षभरलाई खान पुग्दैन”, ओझा भन्छन्, “रासायनिक मलकै कारण पहिलेको जस्तो आटिलो हुँदैन।” विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताए। केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन्।

    उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ। उनले अहिले पनि केही खेतमा धान रोप्ने गर्नुभएको छ तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आएका छन्। खेती नगर्न छोरा, बुहारी, नातीनातिनाले सुझाव दिने गरेको उनी बताउँछन्।

    यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए। “खेतीपाती गर्न सकिँदैन। छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन्। जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ”, शाहीले भने।

    बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ छ। आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उनिहरुको भनाइ छ।

    कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए। “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन। जसले गर्दा धान खेतीमा युवाको चासो छैन”, उनले भने। साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उनको भनाइ छ।

    जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताउनुभयो । सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उनको भनाइ छ। “जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैन। तबसम्म बाँझो जमिन बढ्दै जान्छ। यसको न्यूनीकरणका लागि कम्पनी मोडेलतर्फ सरकारले योजना बनाउनुपर्छ”, उनले भने।

    कृषि पेसालाई बचाइ राख्न कम्पनी मोडेलको योजना सरकारले बनाउनतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको तिवारीले बताए। “कृषि पेसालाई कम्पनी मोडेलतर्फ विकास गर्न सकिएन भने कृषि प्रधान देशमा नै अध्ययनको विषय बन्न सक्ने सम्भाव्यता बढेको छ”, उनले भने। कृषि प्रधान देशमा नै कृषि पेसा अध्ययनको विषय बन्ने अवस्थामा पुग्न नदिन किसानसँग सम्बन्धित रहेका पक्ष सचेत हुन आवश्यक देखिएको छ।

    धान उत्पादन वृद्धि
    चालु आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ। धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए। “गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उनले भने। गत वर्ष आठ हजार हेक्टरमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उनले बताए।

    यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए। उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उनले बताए।

    कृषि पेसाबाट विमुख
    कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने कृषक बढ्दै गएका छन्। आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ। धान उत्पादनका लागि धेरै खर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन्।

    उनी भन्छन्, “पुरानो परम्परागत खेतीपाती गर्ने चलन छैन। पूर्णरुपमा परम्परागत खेतपाती गर्ने चलन हराएको पनि छैन र पूर्णरुपमा आधुनिक प्रविधिको उपयोगबाट खेतीपाती गर्न सकिएको छै । यसले गर्दा उत्पादनमा समस्या भएको हो।”

    स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्णरुपमा आयातित मल, बीउबिजन हुने भएकाले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए। धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन्। तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उनी बताउँछन्। “पहिले पहिले जस्तो खेताला पाइँदैन। मेसिनको प्रयोग गरिन्छ तर पूर्णरुपमा होइन। आधाआधी मेसिन त्यो चलाउन आफैँले काम गर्नुपर्छ । महँगो पर्न जान्छ यसले युवा विमुख भएको हुनसक्छ”, उनले भने।

    रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने उहाँहरुको बुझाइ छ। विगतमा आफ्नै खेतबारीबाट उत्पादित खाद्यान्न खाएर स्वस्थ्य रहने गरेको अगुवा किसानको भनाइ छ। विगतमा तनहुँ जिल्ला करिब करिब धान उत्पादनमा आत्मनिर्भर रहेको अगुवा किसान बताउँछन्। यहाँबाट अन्यत्र निर्यातसमेत हुने गरे पनि हाल जिल्लामा आयात हुने गरेको उनीहरु बताउँछन्।

    खेती गर्नुभन्दा चामल किन्दा कम मूल्य पर्ने भएर पनि युवा कृषि पेसाबाट विमुख भएको पाइएको वरिष्ठ कृषि विकास अधिकृत तिवारी बताउँछन्। “चामल र घर चलाउनकै लागि विदेशिएर आयआर्जन गर्न पुग्ने गरेका छन्। यहीँ उत्पादन वृद्धि र सहज मूल्यको वातावरण बनाउन सरकार र राजनीतिक दलको मुख्य भूमिका रहन्छ। त्यसैले युवालाई कृषि र कृषकले मूल्य पाउने गरी बिक्री नभए सरकार वा कुनै कम्पनीले खरिद गर्ने तथा प्रोत्साहन गर्न जरुरी छ”, उनले भने।

    तनहुँको व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, शिशाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँटमा धान उत्पादन हुन्छ।

    त्यस्तै देवघाट गाउँपालिकाको वेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबँेसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने क्षेत्रमा नै खेतीपाती गर्न कम हुँदा उत्पादन घट्दै गएको छ।

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.