• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘भावी प्रधानमन्त्री’को दाबीले गगनको राजनीतिक यात्रा सहज कि सकस ?


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • चुनाव अगावै आफूलाई प्रधानमन्त्री स्वघोषित दाबी गरेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा नजिकिँदै गएको निर्वाचनमा काठमाडौं ४ बाट उम्मेदवारी दिएका छन्।

    Advertisement

    विद्यार्थी राजनीति हुँदै चौधौँ महाधिवेशनबाट पार्टी महामन्त्रीको राजनीतिक यात्रा तय गरेका थापा पार्टीभित्र प्रखर वक्ताको रुपमा परिचित छन्। आफूलाई लागेको बिषय स्पष्ट ढंगले ब्यक्त गर्नु उनको विशेषता हो। सदनमा समेत प्रष्ट र खरो रुपमा प्रस्तुत हुने उनका कतिपय अभिब्यक्ति चर्चित समेत भएका थिए्।

    एमसीसी पास भएर नेपालमा अमेरिकि सेना आए आफूलाई थानकोट कटाउनु भन्ने उनको संसदमा ब्यक्त गरेको भनाइ सर्वत्र चर्चाको बिषय बनेको थियो।

    यीनै कांग्रेस नेता थापाले आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरेका छन्। उक्त अभिब्यक्ति राजनीतिक यात्रामा कोशेढुङगा साबित हुन्छ या उनको लागि प्रत्युत्पादक हुने हो, सर्वत्र चर्चा परिचर्चा र चासोको बिषय बनेको छ।

    उनको प्रधानमन्त्रीको दाबेदारीले आगामी राजनीतिक यात्रामा सहजता होला कि सकसपूर्ण भन्ने बारेमा राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। कतिपयले उनको प्रधानमन्त्रीको दाबेदारी कांग्रेसमा पुस्तान्तरणको मुद्दा उठान गरेको भन्दै उनलाई हौसाउने जमात समेत बढ्दो छ।

    थापाको भावी प्रधानमन्त्री घोषणा आफैमा निकै चुनौतीपूर्ण कार्य हो। जसले आफूलाई लाभ हानी भन्दा पनि कांग्रेसमा पुस्तान्तरणको आवाज उनको घोषणाले मुखरित गरेको छ। यद्यपि यसले उनको राजनीतिक जीवनमा उल्लेख्य प्रभाव के पर्छ भन्ने प्रश्न पछिल्लो समयमा निकै पेचिलो बनेको छ।

    कांग्रेसमा शेखर कोइराला पक्षधर भनेर चिनिएका थापा प्रधानमन्त्री देउवाको आलोचकका रुपमा चिनिन्छन्। उनको यस अभिब्यत्तिले संस्थापन पक्षले कसरी लिएको छ। त्यो सबैका लागि कौतुहुलताकोे बिषय छ।

    चार दलीय गठबन्धनबाट निर्वाचनमा होमिएको कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मंसिर ४ पछि गठबन्धन सरकारको प्रधानमन्त्रीको रुपमा कांग्रेसकै नेताहरुले चित्रित गरिरहेका छन्।

    यसका बाबजुद् गठबन्धनको अर्को घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत आफूलाई भावी प्रधानमन्त्रीको आकांक्षा सार्वजनिक रुपमा ब्यक्त गरिसकेका छन्।

    गठबन्धनकै दलहरुले आफूलाई प्रधानमन्त्रीको आकांक्षा ब्यक्त गर्दै गर्दा कतिपयकोे मंसिर ४ पछि सत्ता गठबन्धनमा यही कारणले किचलो उत्पन्न हुने आशंका समेत छ।

    कांग्रेसकै देउवा पक्षधर नेताहरुले प्रधानमन्त्रीको दाबी गरिरहदा थापाको समेत आकांक्षाले कांग्रेसभित्र किचलो उत्पन्न हुने समेत आशंका ब्यक्त गरिन्छ। यद्यपि पार्टी भित्रको शक्ति सन्तुलनको दृष्टिले संस्थापन पक्ष नै बलियो रहेको छ।

    प्रधानमन्त्री बन्ने थापाको पर्याप्त आधार के ?

    महामन्त्री थापाको प्रधानमन्त्री बन्ने दाबी के आधारमा गरे भन्ने कांग्रेस वृत्तमा चर्चा नभएको समेत होइन। उनको दाबीलाई कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत सर्मथन गरेका छन्।

    यसलाई उनीहरु दुबै जनाले पार्टीभित्र पुस्तान्तरणको मुद्धासँग जोडेर उठान गरेको देखिन्छ। नयाँ पुस्तालाई उपयुक्त अवसर र नेतृत्वदायी तहमा ल्याउन का लागि पार्टीमा गरिएको सांकेतिक विद्रोहको रुपमा समेत यसलाई अथ्र्याउने गरिएको छ।

    देउवा स्वयम प्रधानमन्त्रीको आकांक्षी भएको संस्थापन पक्षका नेताहरुले चुनावी सभामा सार्वजनिक मन्तब्य दिइरहेका छन्। यस्तो अवस्थामा

    थापा कसरी प्रधानमन्त्री बन्लान्?

    कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान विद्यमान छ। आगामी निर्वाचनमा कांग्रेसले प्राप्त गर्ने संसदसंख्याले उनलाई संसदीय दलको नेता बनाउने पर्याप्त आधार के? सिट बाँडफाँटमा देशभर प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ९० सिटमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार संसथापन पक्षधर छन्।

    समानुपातिकतर्फको सूचीमा समेत बहुसंख्यक संसथापन पक्षधर परेको भन्दै इतर पक्षले चर्को विरोध गरेको थियो। त्यसपछि को सूचीमा समेत भागबण्डाका आधारमा अधिकांश संस्थापन पक्षधर नै रहेको बताइन्छ।

    उनको आशय प्रधानमन्त्री बन्ने पर्यापत आधारसहितको दाबी भन्दा पार्टीभित्र पुस्तान्तरणको सांकेतिक चुनौतीका रुपमा अभिब्यक्ति दिएको बुझिन्छ।

    पार्टीभित्र पुराना नेताहरुलाई चुनौती दिएको रुपमा समेत उनको अभिब्यक्तिलाई लिएको राजनीतिका जानकारहरु बताउँछन्। सार्वजनिक खपतको लागि बोलेको भनेर समेत उनको अभिब्यत्तिाको चर्चा समेत कतिपयले गर्ने गरेका छन्।

    राजनीतिमा कतिपय अभिब्यक्तिले राजनीतिक भबिश्य नै दाउमा परेको उदाहरण नेपालमा ज्वलन्त छन्। तत्कालीन सभामुख तारानाथ रानाभाटले २०५८ जेठ १९ गते दरवार हत्याकाण्ड पश्चात छानबिन समितिमा रहेका उनले युवराज दिपेन्द्रले भटट्ट्ट् गोली हानेको भन्ने उनको अभिब्यक्तिले राजनीतिक जीवन नै ओझेलमा पारेको आजपर्यन्त चर्चा हुने गर्दछ।

    त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका तत्कालीन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको एक अभिब्यक्तिले मन्त्री पद परित्याग गर्दै भावविह्वल हुँदै बाहिरिनु परेको यथार्थ नेपालको राजनीतिका पछिल्लो उदाहरण हुन्।

    बामदेवकै नियति दोहोरिने आशंका

    थापाको अभिब्यक्ति सार्वजनिक चर्चाको लागि हो या सभापति देउवालाई चुनौती दिएका हुन्। त्यो भने अहिलेसम्म खुलाशा भएको छैन। उनको अभिब्यक्तिको सार्वजनिक खण्डन या प्रतिवाद पार्टीभित्र संसथापन पक्षबाट नहुनुले समेत संस्थापन पक्षले गम्भिरताका साथ नलिएको हो कि भन्ने आशंका उत्पन्न गराएको छ।

    कतिपयले उनको घोेषणा आफ्नै लागि प्रत्युत्पादक हुने र बामदेव गौतमकै नियति दोहोरिने आशंका समेत ब्यक्त गरेका छन्। नेकपा(एमाले)का तत्कालीन उपाध्यक्ष बामदेव गौतमले गएको २०७४ को निर्वाचनमा चुनाव आउनु अगावै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका कारण निर्वाचनमा पराजय ब्यहारेको भन्दै प्रायश्चित गरिरहेका छन्।

    आउँदै गरेको निर्वाचनमा समेत गठबन्धनबाटै निर्वाचन लड्ने आकांक्षा ब्यक्त गरेका उनले निर्वाचन अगावै प्रधानमन्त्रीको बिषयमा नबोल्ने भन्दै विगतको परिणामबाट सशंकित भएको अभिब्यक्ति सार्वजनिक रुपमा ब्यक्त गरेका थिए।

    काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका थापा यसपाली पुरानै प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग भिड्दै छन्। गएको निर्वाचनमा मतले विजयी भएका उनी यसपाली विरासत जोगाउने दाउमा देखिन्छन्।

    भट्टराईले गएको निर्वाचनको बदला लिने तयारीमा छन्। चुनावी मैदानमा रहेका दुबै जना शशक्त उम्मेदवार नै हुन्। यी दुबैको प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको छ। एमालेका प्रभावशाली र बौद्धिक नेताका रुपमा स्थापित भट्टराई र प्रखर वक्ता कांग्रेस नेता थापाको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ।

    प्रधानमन्त्रीको स्वधोषित दाबी गरेका थापालाई कतै बामदेवको जस्तै अन्तर्घात भएर सोही नियति दोहोरिने हो की भन्ने आशंका काग्रेसजनमा ब्याप्त छ।

    अबको दश दिन पछाडि काठमाडौ ४ का मतदाताले नै यसको फैसला गर्ने देखिन्छ। तसर्थ यसको निक्योल मंसिर ४ को निर्वाचनको मतपरिणामले नै गर्ने देखिन्छ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.