महानगर क्षेत्र भित्र खुला रुपमा आगो बाल्न निषेध गरिएको छ। काठमाडौँ महानगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रमा खुला रुपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको जानकारी गराएको हो।
खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने भएको त्यस्ता कार्य गर्न निषेध गरिएको महानगरले जनाएको छ।
महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ।
