• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उम्मेदवार भोट माग्ने, किसान मल खोज्ने


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन नाै दिन मात्रै बाँकी रहँदा उम्मेदवार मत माग्न व्यस्त छन् भने किसान हिउँदे बाली लगाउँदा आवश्यक पर्ने रासायनिक मल खोज्न व्यस्त देखिएका छन् ।

    Advertisement

    हिउँदे बाली लगाउने समय भइसके पनि रासायनिक मल नपाएका किसान मलको खोजीमा हरेक सहकारीमा धाउन थालेका हुन् । ‘सहकारीमा कतिबेला मल आउँछ, थाहै हुँदैन,’ धनगढी – ७ का हेमराज उपाध्यायले भने, ‘त्यसैले दैनिक सहकारी धाउने गरेको छु । यति गर्दा पनि मल भने पाउन सकेको छैन ।’

    उनले घरमा मत माग्न आउने उम्मेदवारलाई मलको कुरा गर्दा हामी सरकारमा गएपछि दिन्छौं भन्ने गरेको बताए । ‘भोट माग्न आउने उम्मेदवारलाई मलको कुरा सुनाउँदा हामीलाई जिताएर पठाउनुस्, त्यसपछि प्रयाप्त मल दिन्छौं भन्ने जवाफ आउने गरेको छ,’ उनले भने, ‘तर हामीलाई यसपालिको खेती कसरी गर्ने भन्ने चिन्ता छ, त्यसैले दैनिक मलको खोजीमा धाइरहेका छौं ।’

    हरेक निर्वाचनमा नेताहरुले मल दिन्छौं भनेर वाचा गर्ने गरेका भए पनि अहिलेसम्म सजिलै मल कहिल्यै नपाइएको धनगढी– ७ कै सुन्दरे रानाले बताए । बिहीबार मलको खोजीमा कृषि सामग्री केन्द्र धनगढीको कार्यालयमा पुगेका उनले भने, ‘चुनाव अघि जे पनि गर्न तयार छौं भन्ने नेता चुनावपछि फर्केर आउँदैनन् । नेताले पाँच वर्ष अघि बोलेका कुरा पूरा नगर्दा हाम्रा समस्या पाँच वर्ष अघि जस्ता थिए अहिले पनि त्यस्तै छन् ।’

    मलकै कारण ढिला गरी धान रोपेका कारण उब्जनी नभएको उनको भनाइ छ । ‘मल पाइएला भन्ने आसामा असार मसान्तसम्म धान रोपेनौं,’ उनले भने, ‘नपाइने निश्चित भएपछि ढिला गरी धान रोप्दा यसपटक उब्जनी पनि राम्रो भएको छैन, हिउँदे बालीका लागि पनि मल पाइन्छ कि पाइँदैन थाहा छैन ।’

    धनगढी–३ स्थित केदार कृषि सहकारी संस्थाका व्यवस्थापक सुन्दर धामीले मागे जति मल नपाउँदा किसानलाई खाली हात फर्कनु परिरहेको बताए । प्रत्येक सिजनमा ७ देखि ८ सय क्वीन्टल मल माग हुने गरेकोमा कृषि सामाग्री केन्द्रबाट डेढ सय क्वीन्टलभन्दा बढी मल कहिल्यै नपाएको उनले बताए ।

    ‘हामीसँग आबद्ध सेयर सदस्यमध्ये अधिकांस किसान छन्,’ उनले भने, एक सिजनमा उनीहरुले ७/८ सय क्वीन्टल मल माग्ने गर्दछन्, तर अहिलेसम्म डेढ सय क्वीन्टल भन्दा बढी मल कहिल्यै पाएका छौं, यसले गर्दा धेरै किसानलाई रितै हात फर्काउनु परिरहेको छ ।’

    मागको आधा मल पनि आएन मल

    सुदूरपश्चिममा मागको आधा मल पनि आयात भएको छैन । गहुँका लागि सुदूरपश्चिममा १२ हजार भन्दा बढी डीएपी मल आवश्यक पर्ने गरेको भए पनि सरकारले हालसम्म दुई हजार ८४० मेट्रिक टन मल मात्रै पठाएको छ । सरकारले अनुदानमा उपलब्ध गराउने मल सुदूरपश्चिममा कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेडमार्फत वितरण हुने गरेको छ ।

    दुई संस्थामध्ये साल्ट ट्रेडिङमा अहिलेसम्म डीएपी भित्रिएको छैन भने कृषि सामग्री केन्द्रमा दुई हजार ८४० मेट्रिक टन मल मात्रै आयात भएको छ ।
    ‘५ हजार मेट्रिक टन मल आउने भन्ने सूचना प्राप्त भएको छ,’ कृषि समग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका स्टोरकिपर रुपकबहादुर कुँवरले भने, ‘त्यसमध्ये अहिलेसम्म २ हजार ८४० मेट्रीक टन मल मात्रै भित्रिएको छ, भित्रिएको मल वितरण भइसकेको छ ।’ कृषि सामाग्री केन्द्र लिमिटेडमा असारमा डीएपी आएको थिएन ।

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले अहिलेसम्म डीएपी नआएको बताए । नेपाल भित्रिएको कुल मलको ९ प्रतिशत मल सुदूरपश्चिमका लागि पठाइने गरिएको भए पनि यसपटक भने हालसम्म डीएपी नआएको उनले बताए ।
    ‘अहिले डीएपी मलको माग भइरहेको छ,’ उनले भने, ‘तर केन्द्रले अहिलेसम्म पठाएको छैन, मल कहिले आउँछ भन्ने कुनै सूचना पनि प्राप्त भएको छैन ।’

    साल्ट ट्रेडिङमा हालसम्म दुई हजार ५९४ दशमलव ८० मेट्रिक टन युरिया भित्रिएकोमा सो मल सहकारीलाई वितरण भइसकेको उनले बताए । जम्मा युरियामध्ये एक हजार ३९५ मेट्रिक टन मल धनगढी, ८३९ मेट्रिक टन कञ्चनपुर र ३०० मेट्रिक टन पहाडी जिल्लामा पठाइएको उनले बताए ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.