• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • ओटिटी (ओभर द टप)प्रति आकर्षण लकडाउनको समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा डिजिटल प्लेटफर्म रोजे ।

    Advertisement

    अन्तर्राष्ट्रियरूपमा सुरु भइसकेको नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरूपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो ।

    सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास गरिरहेको बताए । “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्मसमेत उपलब्ध गराएका थियौँ । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्षपश्चात म सञ्चालकको रूपमा जोडिएँ”, अभिनेता लामिछाने भन्छन्, “नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्त छौँ । हामीले त्यसको तयारीसमेत थालिरहेका छौँ ।” उनले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताए ।

    आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवाल भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम देख्छन् । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए । “पाइरेसी गर्नेलाई कडा कारबाही नहुँदा समस्या देखिएको हो । युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्ममार्फत आकर्षित नगरेका होइनाँै, तर लकडाउनले केही असर गर्‍यो”, सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पुर्‍याइरेहेको छ ।

    अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिए । “सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ । हामीले केही समय अगाडि एक जनालाई सजायसमेत दिलाएका थियौँ । पाइरेसीसम्बन्धी शिक्षाको कमीले नै यस्तो भइरहेको छ”, अभिनेता लामिछानेले भने, “अहिले ओटिटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माता आकर्षित भइरहेका छन् । हामीले गत दसैँमा प्रदर्शन गरेको दुई फिल्मले राम्रो मुनाफा दिएको छ ।”

    उनले एपमा ‘कबड्डी ४ः द फाइनल म्याच’ रिलिज गरेका छन् । यसले नयाँ दर्शक थपिने र पुरानो फिल्मसमेत हेरिने विश्वास उनको छ । “अहिले हाम्रो मुनाफा भनेकै दर्शक हुन् । सिनेमाघर चार लाखपटक डाउनलोड भइसकेको छ । उहाँहरूमा नेपाली ओटिटीमा फिल्म हेर्ने बानी विकसित भएमा आउँदो दिनमा हामीले सफलता पाउनेछौँ”, अभिनेता लामिछानेले भने ।

    निर्देशक रामबाबु गुरुङले आफ्नो फिल्म युट्युब अगाडि एपमा दिनुको कारण दर्शक विकास र बजारको सम्भावना रहेको बताए । “हामी कहाँ भएको ओटिटीमा दर्शकलाई आकर्षित गर्न प्रदर्शन गर्दैछौँ । यसले आउँदा दिन सहज हुनेमा विश्वत छु”, निर्देशक गुरुङले भने । डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्ड पनि तयार रहेको सदस्य फणिन्द्र कटवालले बताए । “सञ्चार मन्त्रालयले यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । कार्यविधि तयार गरेर ओटिटीलाई सघाउने हाम्रो योजना छ”, सदस्य कटवालले भने । उनकै संयोजकत्वमा बोर्डले ओटिटीलाई नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गर्दैछ ।

    नेपालमा सञ्चालनमा आएका ओटिटी भनिने डिजिटल प्लेटफर्मले नयाँ कन्टेन ल्याउन नसक्दा दर्शक विदेशी प्लेटफर्ममै रमाइरहेका छन् । ठूलो पर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहेता पनि यसले पूर्णता पाउन सकेको छैन ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.