• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कपिलवस्तु २ : एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, लगातार चुनाव जित्दै आएका गुप्तालाई आचार्यको टक्कर


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • तीन प्रतिनिधिसभा रहेको कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सबैको चासोको केन्द्रमा छ। विसं २०५६ देखि लगातार चुनाव जित्दै आएका वृजेशकुमार गुप्ता लडेको यो निर्वाचन क्षेत्रलाई चासोपूर्वक हेरिएको हो।

    Advertisement

    आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गुप्तालाई जिल्लामा सदावहार सांसदका रुपमा हेर्छन्। जिल्ला सदरमुकामसमेत पर्ने यो निर्वाचन क्षेत्रमा गुप्ता नेकपा (एमाले) बाट चुनावी मैदानमा छन्।

    गुप्तासँग नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भिड्दै छन्। विसं २०७४ को निर्वाचनमा दुवै जना चुनावी प्रतिस्पर्धामा थिए।

    गुप्ता २०५६ सालदेखि लगातार सङ्घीय सांसद रहँदै आएका छन्। उनीसँग २०५६ मा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पराजित भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका गुप्तालाई एमालेले अघोषितरुपमा सघाएको थियो।

    विसं २०५६ मा एमालेबाट अघोषितरुपमा साथ पाएका गुप्ता विभिन्न दल बदल्दै अन्ततः यो निर्वाचनमा एमालेबाट आधिकारिक उम्मेदवार बनेका हुन्।

    पूर्वमन्त्रीसमेत रहेका गुप्ता विसं २०६४ र २०७० मा तत्कालीन तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन संविधानसभा निर्वाचन क्षेत्र नं ३ रहेको यो क्षेत्र हाल सङ्घीय संरचनाअनुसार क्षेत्र नं २ पर्दछ।

    विसं २०७४ मा वाम-गठबन्धनको साझा उम्मेदवार बनेका उनी हृदेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर चुनावमा होमिँदा तत्कालीन कांग्रेस जिल्ला सभापति तथा सिँचाइ राज्यमन्त्री आचार्यलाई झण्डै चार हजार मतान्तरले पराजित गरे। गुप्ताले ३५ हजार एक सय २७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार पाँच सय ६६ मत ल्याएका थिए।

    कांग्रेस उम्मेदवार आचार्य २०७० को संविधानसभामा निर्वाचित भए पनि त्यसउता र यता कुनै चुनाव जितेका छैनन्। विसं २०५६ मा कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका आचार्यले २०७० सालमा संविधानसभा निर्वाचन क्षेत्र नं ४ बाट चुनाव जितेका हुन्। गुप्ता र आचार्यबीचको प्रतिस्पर्धा भने दोस्रो पटक हुन थालेको छ।

    गुप्ताले विसं २०६४ र २०७० मा कांग्रेस नेता सुधाकरण पाण्डेयलाई पराजित गर्दै चुनाव जितेका थिए। आचार्यले २०७० मा एमालेका नेत्रराज अधिकारीलाई पराजित गरेर विजयी भएका थिए। विसं २०७४ मा मात्र उनी दुवैबीच प्रतिस्पर्धा हुन पुगेको हो।

    प्रतिनिधिसभा क्षेत्र नं २ मा बुद्धभूमि नगरपालिकाका १० वडा, कपिलवस्तु नगरपालिकाका सात वडा, यशोधरा गाउँपालिकाका आठ वडा र महाराजगञ्ज नगरपालिकाका सात वडा छन्।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्दा वडा नं १, २, ६, ८ र ९ गरी पाँच वडामा कांग्रेस विजयी भएको छ। एमालेले वडा नं ३, ४, ५ र ७ मा जीत हात पारेको छ। वडा नं १० मात्र जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ।

    यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ। आठ वडामध्ये वडा नं १, २ र ८ एमाले उम्मेदवारले जितेका छन्। वडा नंं ३ र ७ कांग्रेसले जितेको छ। वडा नं ६ जनमत पार्टीले जित्दा वडा नं ४ जसपाले जितेको छ भने वडा नं ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ। बाह्र वडामध्ये वडा नं ७, ८, ९, १० र ११ प्रतिनिधिसभा क्षेत्र नं १ मा पर्दछन्। प्रतिनिधिसभा क्षेत्र नं २ मा पर्ने वडामध्ये एमालेले वडा नं २, ४ र ६ मा जीत हात पारेको छ। कांग्रेसले वडा नं ३, ५ र १२ जितेको छ। जसपाले वडा नं १ मात्र जितेको छ।

    महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ। एघार वडा रहेको यो नगरपालिकाका वडा नं १, २, ३, ४, ८, ९ र १० यो निर्वाचन क्षेत्रमा पर्दछन्। सोमध्ये वडा नं १, २, ३, ८ र १० कांग्रेसले जितेको छ। वडा नं ४ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जित्दा वडा नं ९ मा एमालेले जितेको छ।

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस अगाडि देखिन्छ। कांग्रेसको ३० हजार नौ सय ९८, एमालेको २७ हजार दुई सस ९८, जसपाको छ हजार नौ सय आठ, लोसपाको छ हजार तीन सय ८६, माओवादीको चार हजार चार सय ५९, राप्रपाको दुई हजार ३५, नेकपा (एस)को छ सय ९१ मत रहेको छ।

    कांग्रेस उम्मेदवार आचार्यलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को दरिलो साथ छ भने गुप्तासँग एमाले मात्र रहेको छ। यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्वमन्त्री अकवाल शाह चुनावी मैदानमा हुन्। उनको पार्टीको उपस्थिति कमजोर भए पनि व्यक्तिगत प्रभावका कारण राम्रै मत ल्याउने मतदाता बताउँछन्।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २१ हजार छ सय ७६ मतदाता रहेका छन्। त्यसमा पुरुष मतदाता ६६ हजार रहेका छन् भने महिला मतदाता ५५ हजार छ सय ७६ रहेका छन्।

    यस क्षेत्रमा ८३ मतदानस्थल र एक सय सय ५५ मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिए।

    प्रदेशसभा ‘१’ तर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विक्रमसिंह थापा चुनावी मैदानमा छन्। नेपाल प्रहरीका पूर्वएसएसपीसमेत रहेका थापा यो क्षेत्रको नयाँ अनुहार हुन्।

    एमालेबाट नवराज लामिछाने उम्मेदवार छन्। विसं २०७४ को चुनावमा समेत यो प्रदेशसभामा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो। उनी पनि नयाँ अनुहार हो। प्रदेशसभाभित्र दुवै जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिएपछि चुनाव रोचक बन्ने अनुमान छ।

    प्रदेशसभा ‘२’ तर्फ सत्तागठबन्धनले नेपाली कांग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ। संविधानसभाका दुई चुनाव र प्रदेशसभाको एक चुनाव हारेक पाण्डेय कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत हुन्।

    पाण्डेयलाई एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिएका छन्। गत चुनावमा समेत प्रदेशसभा जितेका श्रीवास्तव लुम्बनी प्रदेशबाट मन्त्रीसमेत बनेका थिए।

    यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तवबीच मात्र चुनावी प्रतिस्पर्धा हुने छैन। जसपाका अब्दुल रसिद पनि बलिया प्रतिस्पर्धी देखिएका छन्। यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

    उम्मेदवारहरु विकासका एजेण्डा लिएर घरदैलोमा व्यस्त छन्। जिल्लाको मध्यभागमा पर्ने यो क्षेत्र पूर्वतया कृषिमा आधारित क्षेत्र हो। जिल्लाका अरु दुई निर्वाचन क्षेत्रभन्दा बसाइँसराइ गरी यहाँ आउनेको सङ्ख्या कमै छ।

    उद्योगधन्दा, कलकारखाना खासै नभएको यो क्षेत्रमा खेतीपाती नै यहाँका मतदाताको प्रमुख काम हो। सिँचाइ सुविधा नहुँदा बर्सेनि किसान मर्कामा पर्दै आएका छन् । उम्मेदवारहरुसँग सिँचाइको माग गरेको बुद्धभूमि वडा नं ९ की लक्ष्मी चौधरीले बताए।

    हरेक निर्वाचनमा सिँचाइ माग्दै आए पनि खासै सुनुवाइ नभएको उनको भनाइ छ। यो निर्वाचनमा पनि सिँचाइ नै आफूहरुको माग रहेको उनी बताउँछन्। घरदैलोमा व्यस्त उम्मेदवार पनि सिँचाइ, लालपूर्जा, नदी कटान नियन्त्रण, पक्की सडकजस्ता चुनावी नारा लिएर घरदैलोमा गइरहेका छन्।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.