• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सिरहाका ३ वटा क्षेत्रमा सत्तारुढ गठबन्धन र एमाले–जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • सिरहाको चारवटै निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबनधन र एमाले जसपा गठबन्धनबीच प्रतिनिधसभा तथा प्रदेशसभामा कडा प्रतिस्पर्धा हुने देखिएको छ। स्थानीय तहमा प्राप्त मतलाई अधार मान्ने हो भन्ने तीनवटा क्षेत्रमा इतर गठबन्धनभन्दा वाम लोकतान्त्रिक गठबन्धनको मत बढीे छ भने एउटा क्षेत्रमा इतर गठबन्धनको मत बढी रहेको देखिन्छ।

    Advertisement

    सिरहा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका काँग्रेसबाट उम्मेदवारी दिएका पदम नारायण चौधरीे र इतर गठबन्धनका रामशंकर यादव छन् । यस क्षेत्रमा स्थानीय तहको मतलाइ आधार मान्ने हो भन्ने कांग्रेस उम्मेदवार बलियो देखिन्छ।

    यस क्षेत्रभित्र पर्ने लहान नगरपालिका, सखुवान्नकारकट्टी, भगवानपुर, नवराजपुर गाँउपालिका र लक्ष्मीपुर पतारी गाउँ पालिको चारवटा र धनगढीमाइ नगरपालिकाको दुईवटा वडा रहेको छ। जसमध्ये तीनवटा नगरपालिकामा वाम लोकतान्त्रिक गठबन्धनको अत्यतिक मत रहेको छ।

    एमाले जसपाको गठबन्धनको दुईवटा पालिका जितेको छ। सिरहा क्षेत्र नम्बर २ मा पनि वाम लोकतान्त्रिक उम्मेदवार चित्रलेखा यादव र एमाले जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव बीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। स्थानीय तहमा प्राप्त मतका आधार चित्रलेखा यादव नै बलियो उम्मेदवार देखिन्छ।

    जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव पनि बलियो उम्मेदवारको रुपमा हेरिएको छ। उनी पनि यस क्षेत्रका मतदाता नभएकाले स्थानीय मतदाता विभाजित हुने संकेत देखिए पनि उनलाई टक्करका उम्मेदवारको रुपमा रहेको देखिन्छ । यादव नरहा गाउँपालिका ३, चोहर्वाका हुन्।

    यादव प्रायः चुनावैपिच्छे क्षेत्र तथा पार्टी फेर्ने उम्मेदवारको रुपमा चिनिन्छन्। जसका कारण मतदाताले उनलाई फेरि पनि शंकाको दृष्टिले हेर्ने गरेको छ। पहिलो संविधानसभा २०६४ मा सिरहा क्षेत्र नम्वर ६ बाट मधेशी जनअधिकार फोरमबाट विजयी भएका उनी दोस्रो सम्विधानसभा २०७० मा त्यही निर्वाचन क्षेत्रबाट गणतान्त्रिक फोरमबाट उम्मेदवार भएका थिए। यो पटक भने उनी पराजित भए। २०७४ मा सिरहा क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक फोरमबाट विजयी उनी अहिले २ नम्बरबाट जसपाको तर्फबाट उम्मेदवार भएका छन्। उनको क्षेत्रमा पार्टीका नेता डा. वीरेन्द्र महतोले नछोडेपछि उनी २ नम्बरमा गएका हुन्।

    यहीँबाट लेखक तथा राजनीतिकर्मी रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी पनि यस क्षेत्रका मतदाता होइनन्। उनी सिरहा नगरपालिका–१९ सन्हैठाका मतदाता हुन्। सन्हैठा सिरहा क्षेत्र नम्वर ३ मा पर्छ।

    प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैँलाई मत हाल्न पाउँदैनन्। उनी पनि सिरहा ४ नम्बर वडाका मतदाता हुन्। उनको घर पनि सिरहा क्षेत्र नम्बर ३ मा पर्छ।

    यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। उनीसहित साना पार्टी र स्वतन्त्र गरी २३ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन्।

    सिरहा क्षेत्र नम्बर ३ मा सत्ता गठन्धन र नेकपा एमाले, जसपा गठबन्धनको कडा प्रतिस्पधा हुने भएको छ । प्रतिनिधि सभामा वाम–लोकतान्त्रिक गठबबन्धनका तर्फबाट नेकपा माओवादीका स्थायी समिति सदस्य विश्वनाथ साह र नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

    यस क्षेत्रको ४१ वडामा गत स्थानीय तह निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामको आधारमा अगाडि रहेकोले आफ्नो जित सुनिश्चित रहेको पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले बताउँदै आएका छन्।

    यता पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार साह नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रस र एकीकृत समाजवादीको मतान्तर धेरै नरहेको र जसपा गठबन्धनमा देखिएको असन्तुष्टले आफ्नो जितलाई सुनिश्चित बनाएको बताउँछन्।

    नेकपा एमाले जसपा गठबन्धनले उत्तर दक्षिणको उम्मेदवार मिलाउन नसकेको र आफ्नै पार्टीभित्र असन्तुष्टि चुलिएकाले स्थानीय तहको मतलाई आधार मान्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन् ।

    एमाले–जसपा गठबन्धनले सिरहा ३ प्रदेश ‘ख’ उम्मेदवार सिरहा पालिकाभित्रको उम्मेदवार दिन नसकेकोले पनि पार्टीभित्र असन्तुष्टि छ । यो गठवन्धनमा प्रतिनिधि र प्रदेशसभा दुवै उम्मेदवार सिरहा ३ प्रदेश ‘ख’ भन्दा बाहिरका रहेका छन्।

    सिरहाको निर्वाचन क्षेत्र नम्बर ३ मा गोलबजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५, अर्नमा गाउँपालिकाको १, २ र ३ वडा र सिराहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्दछ।

    गत स्थानीय तहलाई आधार मान्दा सत्ता गठवन्धनका वडा अध्यक्षहरुले जम्मा ३४ हजार ५४ मत प्राप्त गरेका थिए। जसमध्येय नेकपा माओवादी केन्द्रले नौ हजार ५७१, कांग्रेसले १८ हजार १६, नेकपा एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७ प्राप्त गरेको थियो।

    एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खसेको थियो। जसमध्ये नेकपा एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थियो।

    दुवै गठबन्धनको स्थानीयमा पाएको मतान्तर धेरै फराकिलो देखिन्न । वाम लोकतान्त्रिक गठबन्धनभन्दा एमाले जसपा गठबन्धन ७७६ मतले अगाडि देखिन्छ । स्थानीय तहको मतको आधारमा श्रेष्ठ बलियो देखे पनि पार्टीभित्रको असन्तुष्टि, बागी उम्मेदवारी यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएकाले ‘एन्टी’ मत अर्को उम्मेदवारलाई पर्नसक्ने सम्भावना पनि उत्तिकै रहेको अनुमान छ ।

    दक्षिणी भेगबाट गत भदौ ३१ गते सिरहामा एमाले अध्यक्ष केपी ओली आएर एमाले प्रवेश गराएका गोपाल यादव र सिरहाका नगरप्रमुख नवीनकुमार यादवका भाइ प्रवीण कुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले श्रेष्ठलाई चुनौती थपिएको छ।

    स्थानीय तहको मतपरिणामका आधारमा दुवै उम्मेदवार उत्तिकै बलियो भएकाले अहिले नै कुनै एक उम्मेदवारले जित्ने अड्कलबाजी गर्न हतार हुने देखिन्छ । यहाँ पनि स्वतन्त्र उम्मेदवारको प्रभाव उत्तिकै रहने देखिएको छ।

    २०७४ को निर्वाचनमा नेकपा एमाले–माओवादी गठबन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए। यस क्षेत्रमा सात पार्टीका र १४ स्वतन्त्रसहित २१ जना प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी परेको छ।

    सिरहा क्षेत्र नम्बर ४ मा पनि वाम–लोकतान्त्रिक गठबन्धनकै उम्मेदवारबीच कडा प्रतिस्पधा हुने देखिन्छ । यहाँ सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धर्मनाथ साह र इतर गठबन्धनबाट जसपाका डा. वीरेन्द्र यादव उम्मेदवार छन् ।क्षेत्रगत हिसावले उनीहरु कर्जन्हा नगरपालिका र सामुदायिक हिसावले पनि एउटै भएका उनीहरुकोबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    महतो व्यवसायिक घरानाका भएकाले र पार्टीले पत्याएका उम्मेदवार हुन्। यस क्षेत्रमा जसपा एमाले गठबन्धले पनि स्थानीय तहमा राम्रो मत ल्याएको छ । सत्ता गठबन्धनले पनि स्थानीय तहको निर्वाचनमा राम्रौ मत प्राप्त गरेको छ। स्थानीय तहको मत, परिचित अनुहार तथा पूर्वमन्त्रीसमेत रहेका साहको आफ्नै पार्टीका मत कमजोर छ। उनलाई गठबन्धनकै मतको बढी आश छ।

    महतोको आफ्नै दल र गठबन्धनको राम्रो मत हुँदाहुँदै पनि आफ्नै दलका नेतालाई लखेटेका आरोप लाग्ने गरेको छ । यसले उनको मत विभाजन हुने संकेत गरेको देखिन्छ । सिरहा क्षेत्र नम्बर ४ मा स्थानीय तहको वडाको मत नेकपा माओवादीले ११ हजार ६८६, नेपाली कांग्रेसले १२ हजार ८११ र एकीकृत समाजवादीले ३ हजार ६१५ गरी कुल २८ हजार १६२ मत प्राप्त गरेका थिए।

    त्यसैगरी अर्का गठवन्धनका नेकपा एमालेले १४ हजार ६७१ र जसपाले १२ हजार ८९४ मत गरी कुल २७ हजार ५६५ मत प्राप्त गरेका थिए। दुवै गठवन्धनको मतको आधारमा ५४७ मतले सत्ता गठवन्धन अगाडि देखिन्छ। तर, चारवटै क्षेत्रमा सिरहा क्षेत्र नम्वर १ बाहेक सबैमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। क्षेत्र नम्बर १ मा भने गठबन्धनको मतले सहज हुने विश्वास गरिएको छ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.