• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ ।

    Advertisement

    बालबालिकालाई सबैभन्दा बढी देखिने छालाको समस्या ‘ऐटोपिक डर्माटाइटिस’ हो । यो समस्या भएका बालबालिकामा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

    ‘केहीमा दम भएर छाला सुख्खा हुने र एलर्जी हुने समस्या पनि हुन्छ । केही बालबालिकामा उमेरसँगै यो समस्या हराउँदै जाने हुन्छ भने कसैमा भने लामो समयसम्म रहन्छ,’ उनी भन्छन् ।

    बालबालिकामा एलर्जीको समस्या हुने विभिन्न कारण छन् । प्रमुख कारण वंशाणुगत कारण हो । बालबालिकामा खानपान, वातावरण र वंशाणुगत कारण पनि एलर्जी हुन्छ । कसैलाई ऊनको कपडाको प्रयोग, लामो समयसम्म डाइपरको प्रयोग र धुलो–धुँवा तथा पाल्तु जनावरको रौंका कारण पनि एलर्जी हुने पौडेल बताउँछन् ।उनी भन्छन्, ‘विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । अण्डा, ड्राइफ्रुट लगायतका खाद्यान्नका कारण पनि एलर्जी हुन सक्छ ।’

    चायाले पनि बालबालिकामा एलर्जीको समस्या हुन सक्छ । कपालको चाया जब अनुहार र जीउमा पर्छ, तब एलर्जी हुने उनी बताउँछन् । ‘कीराले टोकेमा पनि एलर्जी हुन्छ । सरसफाइको कमी, सौन्दर्य प्रसाधनको जथाभावी प्रयोग, औषधिको साइड इफेक्ट्स तथा छाला सुख्खा भएमा पनि एलर्जी हुने गर्छ । केही बालबालिकामा लुतोको एलर्जी पनि हुने गर्छ,’ डा. पौडेल भन्छन् ।

    हावापानी, वनस्पति र जीवजन्तुका कारण पनि छालामा एलर्जी हुन्छ । धुलो–धुँवा, पाल्तु जनावरको रौं, फूलको परागले पनि एलर्जी हुने उनी बताउँछन् ।

    खानपान र खेलौनाले पनि एलर्जी

    कुनै खानेकुराले पनि बालबालिकालाई एलर्जी हुन सक्छ । तर विशेषगरी आमाको दूध नखाने बालबालिकामा एलर्जी बढी हुने सम्भावना हुन्छ । केहीलाई वंशाणुगत रूपमा केही खानेकुराको एलर्जी हुने पौडेल बताउँछन् ।

    ‘खेलौना कुनै फाइबर, प्लास्टिक त कुनै मेटलबाट बनेको हुन्छ,’ उनी भन्छन्, ‘साना बालबालिकालाई मेटलको एलर्जी भएको त धेरै पाइएको छैन । ती खेलौनामा प्रयोग भएको रङ्ग र केमिकलबाट भने एलर्जी हुन सक्छ ।’

    एलर्जी बारम्बार बल्झिरहन्छ

    जबसम्म एलर्जी हुने कुरासँग सम्पर्क भइरहन्छ, जबसम्म एलर्जी बारम्बार बल्झिरहन्छ । त्यसैले त्यो एलर्जी हुने कुराको सम्पर्कबाट टाढा रहनुपर्छ ।

    कसैलाई भने सिजनल एलर्जी हुन्छ । कसैलाई कीराको एलर्जी छ भने असार साउन मौसममा एलर्जी हुने र हरेक वर्ष त्यो मौसममा एलर्जी हुने हुन्छ । जाडो मौसममा छाला सुख्खा हुने भएकाले हरेक जाडो मौसममा एलर्जी बल्झिने हुन सक्छ । जब छाला सुख्खा हुन्छ, तब बाहिरी कुरा छालाभित्र सजिलै पुग्न सक्छ र एलर्जी हुन्छ । वंशाणुगत कारण एलर्जी भएको छ भने त्यो त झन् बल्झिने डा. पौडेल बताउँछन् ।

    जटिलता

    एलर्जीले छाला मोटो हुँदै जाने, कालो हुने र अरू संक्रमण हुने सम्भावना बढ्छ । फंगस, भाइरस र बाहिरी कीटाणुको संक्रमण हुने सम्भावना पनि बढ्छ । एलर्जीको समयमै उपचार गरिएन भने भाइरस संक्रमण भएर मुटु, फोक्सोमा नै असर गर्ने डा. पौडेल बताउँछन् ।

    ‘एलर्जीको समस्या भए दैनिकीमा पनि असर पर्छ । बच्चालाई एलर्जी भएर चिलाएको छ भने पढाइमा ध्यान दिन सक्दैन,’ उनी भन्छन्, ‘एलर्जीले गर्दा तनाव भएर कोठामा नै बस्ने घर बाहिर ननिस्कने जस्ता सामाजिक र मानसिक समस्या पनि निम्ताउन सक्छ ।’

    एलर्जी भएमा के गर्ने ?

    के कुराले एलर्जी भएको हो भनेर थाहा पाउन विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ । एलर्जी टाइप वान र टाइप फोर दुई प्रकारका हुन्छन् । बच्चाहरूमा बढी हुने टाइप वान हो । कुन चिजले एलर्जी भएको हो भनेर ‘प्रिक टेस्ट’ र रगतको परीक्षण गरिन्छ ।

    टाइप फोर एलर्जीको ‘प्याप टेस्ट’ हुन्छ । तर टेस्ट बालबालिकामा धेरै गरिंदैन । केहीमा बायोप्सी परीक्षण पनि गर्नुपर्ने पौडेल बताउँछन् ।

    उपचार

    एलर्जीको लक्षणअनुसार उपचार हुने डा. पौडेल बताउँछन् । एलर्जीको सबैभन्दा प्रभावकारी उपचार भनेको के कुराले एलर्जी हुन्छ, त्यसको सम्पर्कबाट टाढा हुनु हो । छालालाई नरम र मोइस्चराइजर बनाइराख्नुपर्छ । कुनै एलर्जीमा लगाउने मलम र केहीमा खाने औषधिको सेवनबाट पनि एलर्जीको उपचार गरिन्छ । छाला चिलाउने समस्या छ भने नचिलाउने औषधिको प्रयोग गर्नुपर्ने पौडेल बताउँछन् ।

    वंशाणुगत एलर्जीलाई रोक्न सकिंदैन, तर केही हदसम्म भए पनि कम भने गर्न सकिन्छ । बच्चालाई एलर्जी हुनै नदिन एलर्जी हुने चिजबाट टाढा राख्नुपर्छ । छालालाई सुख्खा हुन नदिन मोइस्चराइजर लगाइदिनुपर्छ । कतिपय कपडाले छालामा एलर्जी गराउने हुँदा प्रायः कटनको कपडा प्रयोग गर्नु राम्रो हुने उनी सुझाउँछन् ।

    ‘कुनै पनि ठाउँ, हावापानी, वनस्पति, जीवजन्तुका कारण एलर्जी भएको हो भने त्यसबाट टाढा राख्ने । चिसो हावा, धुलो, धुँवा र ओसिलो ठाउँबाट जोगाउनुपर्छ,’ डा. पौडेल बताउँछन् ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.