नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल खरिद गर्ने भएको छ।
यसका लागि ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तिय संस्थाले आज बिहिबार २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गरिसक्नुपर्नेछ। ट्रेजरी बिलको खरिद मिति भने भोलि मंसिर ९ गते तय गरिएको छ।
बोलकबोल गर्दा काउण्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ।
बोलकबोल गर्दा ट्रेजरी बिलको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ। उदाहरणका लागि १ सय रुपैयाँको ट्रेजरी बिल कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ। ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोड रुपैयाँले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ।
