आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मत परिणाम अनुसार वर्तमान सरकारका दुई जना मन्त्री पराजित भइकसकेका छन्।
उर्जामन्त्रीसमेत रहेकी माओवादी नेतृ पम्फा भुसाल चुनावी प्रतिस्पर्धामा तेस्रो भइन्। उनी भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीसँग नराम्रोसँग पराजित बनिन्। स्वतन्त्र पार्टीकी कार्कीले ३१ हजार १३६ मत पाउँदा दोस्रो एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९६३ मत पाए। मन्त्री भुसाल ८ हजार ७६९ मतसहित तेस्रो बनिन्।
यसैगरी वर्तमान सरकारका पर्यटन तथा नागयिरक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ पनि पराजित भइसकेका छ। उनलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरे। मन्त्री श्रेष्ठ प्रतिस्पर्धामा नै कमजोर देखिए।
स्वतन्त्र पार्टीका श्रेष्ठले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमी ६ हजार १७४ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार २६६ मत प्राप्त गरेका छन्।
सरकारको मन्त्री रहेका यी जनाले निर्वाचनमा पराजय भोगेपछि समान्य नैतिकता पनि देखाएका छैनन्। सामान्यता पराजित बनेपछि नैतिकताका आधारमा राजीनामा दिने प्रचलन हुन्छ।
तर उनीहरुले अहिलेसम्म मन्त्री पदबाट राजीनामा दिने संकेत देखाएका छैनन्। यसैगरी खानेपानी मन्त्री उमाकान्त चौधरी पराजोन्मुख छन्। उनी एमाले उम्मेदवार अच्युत मैनालीसँग बारा–१ मा पछि परेका चौधरी करिव ६ हजार मतले पछि परेका छन्।
प्रतिक्रिया
