५ जलविद्युत् कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर रहेका छन्।
बोर्डले बिहीबार नै यी पाँच कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो। यी कम्पनीहरूले ३ अर्ब ९८ करोड रुपैयाँ मूल्य बराबरका ३ करोड ९८ लाख कित्ता सेयर निष्काशन गर्न पाउने छन्।
एसियन हाइड्रोपावरले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।
यस्तै, सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।
यस्तै, माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। शुभम पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।
