भरतपुर, चितवन: बोष्टन ईन्टरनेशनल कलेज अनुसन्धान विभाग, बिआईसी रिसर्च सेलद्वारा मङ्सिर ९ गते एक दिने द्वितिय बिआईसी राष्ट्रिय अनुसन्धान सम्मेलन २०२२ (2nd BIC National Research Conference 2022) नामक कार्यक्रमको शुभारम्भ भएको छ।
प्राज्ञिक कार्यहरुको प्रस्तुति रहने र अध्ययन-अनुसन्धानलाई प्रोत्साहन गर्ने प्रकृतिको यस कार्यक्रम बोष्टन कलेजले दोस्रो पटक आयोजना गरेको हो।
यस कार्यक्रमको प्रथम संस्करण गत वर्ष (२०७८ साल मङ्सिरको ११ गते आयोजना भएको थियो। उक्त कार्यक्रमको ठीक एक वर्षपश्चात यो बार्षिक कार्यक्रम आयोजना भएको रिसर्च डिपार्टमेन्ट प्रमुख डा. पोष्टराज पोखरेलले जानकारी दिनु भयो ।
कार्यक्रमको सभापति बोष्टन ईन्टरनेशनल कलेज अध्यक्ष आनन्द बहादुर चन्द , प्रमुख अतिथि प्राध्यापक दिपक बहादुर भण्डारी (पि.एच.डी) रजिस्ट्रार, पोखरा विश्वविद्यालय रहनु भएको छ ।
कार्यक्रममा “बिआईसी जर्नल अफ म्यानेजमेन्ट” कृति विमोचन समेत गरिएको छ । बिआईसी जर्नल अफ म्यानेजमेन्ट एक अनुसन्धानात्मक कृति हो, र यस कृतिमा ७ वटा अनुसन्धान मुलक आर्टिकल (लेख) प्रकाशित भएका छन्।
यस कृतिलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथि प्रा. डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय र बोष्टन रिसर्च म्यानेजमेन्ट सेलका अध्यक्ष, प्रा.डा. कर्ण वीर पौडेल ले विमोचन गर्नु भएको थियो।
विशेष अतिथिहरूको किनोट स्पिचहरु पनि कार्यक्रमका प्रमुख आकर्षणहरु रहने छन् ।
