• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रदेशसभाको यात्रामा : दुई जना दोहोरिदै, दुई जनाको नयाँ अनुभव


  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
  • काभ्रेपलाञ्चोकका चार प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए। विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेशसभामा दोहो¥याउनेमा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल र प्रतिनिधिसभा–२ प्रदेशसभा १ मा नेकपा ९एकीकृत समाजवादी०बाट लक्ष्मण लम्साल छन्।

    Advertisement

    यस्तै संविधानसभा सदस्य नेपाली कांग्रेसका तीर्थ लामा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ र प्रतिनिधिसभा–२ प्रदेशसभा २ मा कांग्रेसकै कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन्। उनीहरु वाग्मती प्रदेशसभाको संसदीय यात्राको पहिलो अनुभव लिने क्रममा छन्।

    प्रदेशसभा सदस्यमा दोहोरिनुभएका ढकालले २० हजार सात सय २० मत प्राप्त गरी मुख्य प्रतिस्पर्धी एमालेका दिलबहादुर तामाङलाई नौ हजार चार सय ४२ मतान्तरले पराजित गरे। उनी विसं २०३७ मा देउराली गाउँपालिका–५ जन्मिएका हुन्। गाउँका तत्कालीन माओवादी नेताहरू यानप्रसाद गौतम, तीर्थ गौतम, नवीन गौतम, दिननाथ गौतमलगायतको राजनीतिबाट प्रभावित भएर राजनीति सुरु गर्नुभएका ढकाल ०५० सालमा तत्कालीन नेकपा ९एकता केन्द्र०को भातृसङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) मा सङ्गठित थिए।

    विसं २०५६ मा अखिल ९क्रान्तिकारी०को पूर्णकालीन सदस्यको रूपमा लाग्नुभएका ढकाल संगठनको विभिन्न जिम्मेवारीमा रहेका थिए। २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचितभएका ढकाल हाल वाग्मती प्रदेशको युवा तथा खेलकुदमन्त्री छन्।

    यस्तै प्रदेश संसदीय यात्रामा दोहोरिनु भएका लम्सालले हाल १९ हजार चार सय आठ मत ल्याई मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेललाई एक सय ८८ मतान्तरले विजयी भएका छन्। २०३६ मा मण्डनदेउपुर नगरपालिका–७ मा जन्मिएका हुन्।। विद्यालयमा अध्ययनरत देखिनै विद्यार्थी राजनीतिमा होमिएका लम्सालले विद्यार्थी फाँटको विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी निर्वाह गरेका थिए।

    व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणी र कानुनमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका लम्साल २०७४ मा प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। उनी हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश कमिटीको सचिवको भूमिकामा छन्।

    यसैगरि ०७० मा संबिधानसभा सदस्य नेपाली कांग्रेसका लामा हाल प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ मा हाल १९ हजार दुई सय ८० मत प्राप्त गरी एमालेका चन्द्र लामालाई जम्मा तीन मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका छन्। हाल उनी प्रदेशसभामा संसद्को अनुभव लिँदै छन्। विसं २०६४ मा नेपाली कांग्रेस प्रवेश गरेर राजनीति सुरु गरेका लामा सोही वर्ष पार्टीको क्षेत्रीय उपसभापतिमा मनोनित भए।

    त्यसयता क्षेत्रीय समिति सभापतिहुँदै पार्टीको १४औँ महाधिवेशनमा उहाँ जिल्ला सभापतिमा निर्वाचित भएका छन्। विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भई उद्योग राज्यमन्त्रीसमेत हुनुभएका श्रेष्ठ हाल प्रतिनिधिसभा–२ अन्तर्गतको प्रदेशसभा २ मा विजय भएका छन्। उनले २६ हजार ३५ मत प्राप्तगरी निकटतम् प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई चार हजार ७८ मतान्तरले पराजित गरेका हुन्।

    विसं २०२४मा बनेपामा जन्नुभएका श्रेष्ठ २०३६ सालदेखिनै राजनीतिमा सक्रिय थिए। १५ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य बनेका श्रेष्ठ २०४४ मा सङ्घको कोषाध्यक्ष, २०४७ मा सङ्घको जिल्ला सभापति भएका थिए। सङ्घको नेतृत्वपछि उहाँ २०५१ र २०५८ मा दुईपटक नेपाली कांग्रेस बनेपाको नगर सभापति बनेका थिए। यस्तै २०५८ मा नेपाल तरुणको जिल्लाध्यक्ष तथा २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भएका श्रेष्ठ नेपाल ट्रेडयुनियन कांग्रेस काभ्रेपलाञ्चोकको संस्थापक अध्यक्षसमेत छन्।

    श्रेष्ठ २०६४ मा नेपाली कांग्रेस जिल्ला समितिको कोषाध्यक्ष, २०५७ मा पार्टीको १०औँ र २०६१ को ११औँ महाधिवेशनमा महासमिति सदस्य तथा पार्टीको १२औँ र १३औँ महाधिवेशनमा ३ नं क्षेत्रीय सभापति र १४औँ महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित भए। २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी श्रेष्ठले २०६२÷२०६३ को जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरे।

    उनी २०५४ मा कांग्रेसको तर्फबाट बनेपा नगरको उपप्रमुखमा निर्वाचित भएका थिए। राजनीतिमा निरन्तर क्रियाशील श्रेष्ठ विभिन्न सामाजिक सङ्घ–सङ्गठनमा क्रियाशील छन्।

    आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.