• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बहालवाला मन्त्रीलाई नै पराजित गर्दै इतिहास कायम गर्ने यी हुन् स्वतन्त्र पार्टीका विजेता


  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
  • मतदाताको मन कतिबेला बदलिन्छ र त्यसले राजनीतिमा कतिबेला फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुँदोरहेछ । त्यसको सामान्य झलक निर्वाचन अगाडि नै देखिने भए पनि खास स्वरुप भने मतगणनामा देखिन्छ ।

    Advertisement

    राजनीतिक दल र तिनले आफ्नो ठानेको क्षेत्रमा समेत पत्यारै नलाग्ने खालका नतिजा यसपटकको निर्वाचनमा देखिएको छ । सोच्दै नसोचेका उम्मेदवारले लोभलाग्दो सफलता हासिल गरेका छन् । मतदाताको स्वभाव र चाहनालाई ख्याल गर्ने उम्मेदवारले जित निकालेका छन् भने परम्परागत रुपमा निर्वाचनको समयमा मात्रै पुगेका उम्मेदवारले नराम्रो पराजय भोग्नुपरेको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात स्थानमा जीत निकालेको छ । राजनीतिमा दिग्गज ठानिएका र लामो समयदेखि नेपाली राजनीतिमा स्थापित हस्तीलाई समेत सो पार्टीका उम्मेदवारले पराजित गरिदिएका छन् । त्यतिमात्रै नभइ कतिपय उम्मेदवारले त बहालवाला मन्त्रीलाई हराएर नयाँ इतिहास कायम गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट बहालवाला ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ मा राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपा(एमाले)का उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरी उपविजेतामा सीमित रहे। सोही क्षेत्रबाट उम्मेदवार रहेका सत्तागठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले तेस्रो स्थानमा चित्त बुझाए । प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरे ।

    चितवन क्षेत्र नं १ लाई प्रमुख राजनीतिक दलले आफ्नो प्रभाव रहेको क्षेत्रका रुपमा चर्चा गर्ने गरेका थिए । सोही क्षेत्रमा नेपाली समाजमा प्रचलित लोकोक्ति ‘नपत्याउने खोला’ ले बगाउँछ भने जस्तै भयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा खडा भएका विश्वनाथ पौडेल पराजित भए ।

    कांग्रेसका उम्मेदवार पौडेलमात्रै नभइ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि नमिठो पराजय भोग्नुपर्‍यो । स्वतन्त्र पार्टीका हरि ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका पौडेलले २४ हजार नौ सय ९० मत र एमालेका उपाध्यक्षसमेत रहेका पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे ।

    काठमाडौँ क्षेत्र नं ७ मा त्यस्तै भयो । निर्वाचन अगाडि नामै नसुनिएका गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी भए । स्वतन्त्र पार्टीका पराजुली विजय हुँदा एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरे ।

    काठमाडौँ क्षेत्र नं ८ मा अप्रत्यासित नतिजा यसपटकको निर्वाचनमा आयो । बहालवालामन्त्री नै पराजित हुनुपर्‍यो । स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनताका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार एक सय ७९ मत प्राप्त गरे । सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत प्राप्त गरे । बहालवाला मन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठ तेस्रो स्थानमा रही चार हजार आठ सय ८१ मत प्राप्त गरे ।

    स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले ४९ हजार दुई सय ६४ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिस्पर्धीसमेत रहेका कांग्रेसका श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे ।

    पूर्व सभामुख ओनसरी घर्तीलाई चौँथो स्थानमा सीमित गरेर काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित हुनेमा पर्नुर्छिन् स्वतन्त्र पार्टीकै सोविता गौतम । उनले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार पाँच सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार घर्तीले नौ हजार चार सय ५९ मत प्राप्त गरे।

    ललितपुर क्षेत्र नं ३ बाट विजयी तोसिमा कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गरे । दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत र तेस्रो स्थानमा चित्त बुझाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरे । समानुपातिकतर्फ स्वतन्त्र पार्टीले अपराह्न ३ बजेसम्म कूल नौ लाख ५८ हजार सात सय तीन मत प्राप्त गरेको छ ।

    आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.