को सुकुम्बासी ?
आफ्नो गाउ छोडेर काठमाडौ आएर काठमाडौको बिचोबिच जग्गा हडपेर बस्ने के को सुकुम्बासी त्यहाको टहरा भित्र गएर हेर्नु भएको छ ?
मैले हेरेको छु ।
क्या सौखिन जिवनशैली छ । ५०/५२ ईन्चको टिभी, फ्रीज, वाशिङ मेशिन सबै छ कस्ता राम्रा र महङ्गा फर्निचर हालेर राखिएको छ । सुकुम्बासी देखिनलाई, टहरो जस्तो देखाउनलाई छानामा टिन, ढुङ्गा, बोरा, आदी राखिएको छ तर भित्र आरसिसी पिल्लर दिएर सुन्दर घर बनाईएको छ , प्रायःको हात हातमा आईफोन छ, पोस्ट पेड सिम चलाउछन घर निर्माण ठेक्कापट्टा गर्छन ।
घाटीमा चेप्टा चेप्टा सुनको सिक्री झुन्डाएको छन कानमा सुनको कुन्डल छन । कयौको त काठमाडौ मै निजि अपार्टमेन्ट, बानेश्वरमा २/३ वटा घर, गाउ तिर डेढ दुई बिघा जमिन नि छन । सन्तानलाई महङ्गा स्कुलमा भर्ती गरेका छन ।
अहिले वर्ल्डकप चलिराछ, लाखौको बिटिङ गर्नेहरू पनि त्यहा छन । रोजगारका लागि मानब सप्लाई गर्नेदेखि लिएर लागु पदार्थ कारोबारी समेत त्यहा छन ।
घरको ६ सदश्यमा ३/४ जना त रोजगार छन । एउटै ले मासिक ३०/४० हजार कमाउछ । झन्डै ७०/८० हजार मासिक कमाउने परिवार छन त्यहा सरकारी जागिरे नहोलान तर अधिकाम्स रोजगार भएका र व्यवसायी छन ।
तपाई हाम्रो घरको परिवारको मासिक कमाई भन्दा तिनको कमाई उच्च छ जग्गा व्यवसायी, रियलस्टेटको धन्दा गरेर बसेको छन ट्याक्सी, जीप, मिनि ट्रक किनेर चलाएर बसेको छन । कत्तिले त्यहा जमिन हडपेर भाडामा लगाएर राखेको छन ।
एउटैको ५/६ वटा टहरा समेत छन । सब भाडामा लगाएर राखेको छन । कोहि यदि साच्चैको सुकुम्बासी हो भने आज पहाड तिर खाली छ । त्यहा लगेर पुनर्वास नीति अन्तर्गत लगेर राख तर
सबैलाई एक्कै ठाउमा होईन ।
५ परिवार एक जिल्ला ५ परिवार अर्को जिल्ला गरेर राख्देउ
अनि हातमा हतियार बोकेर प्रतिकार गर्नेको अनुहार सार्वजनिक भएको छ मिडियामा राजु पाण्डे घाईते नै भएको छन ताकेरै टाउकोमा हानिएको छ । तिनलाई ज्यानमारा मुद्दा दर्ता गरेर कारबाही अघि बढाउ ।
माओवादी, काङ्ग्रेस, एमाले र ढेउवा पार्टीले सुकुम्बासी संरक्षण गरि भोट बैंकको राजनीति गरेको छ यदि कुनै नेताले रोक्न खोज्छ भने
फलानो नेताले काम गर्न दिएन भनेर प्रस्ट भन ।
जनताले त्यसको हिसाब गर्छन तर बाग्मति प्रदुषित गरेर, काठमाडौको मुटुमा शहर नै कुरूप हुने गरि एवं बाग्मति किनारमा सडक निर्माण नै गर्न नमिल्ने गरेर बनाईएको थापाथली र सिनामंगल क्षेत्रको बस्ती तुरुन्त हटाएर त्यहा बाटो निर्माण गरि शहरलाई व्यवस्थित बनाउ ।
विकल्प आवस्यक छ तर सुकुम्बासीको नाममा गुण्डागर्दी गर्नेलाई तह लगाएरै भए नि अघि बढ । कि त सरकारले दिएको स्थानमा गएर बस कि आफ्नो व्यवस्था आफु गर । अन्य विकल्प छैन । रोल्पा, रूकुम, खोटाङ, भोजपुर, ताप्लेजुङ, जस्ता जिल्लामा लगेर यिनलाई पुनर्वास गराउ ।
गाउ घरमा खेती किसानी गरेर बस्दा कृषि क्षेत्रको समेत विकास हुन्छ । सुकुम्बासी भनेको छ , कुनै सन्तान अस्ट्रेलिया छ रे कोहि क्यानाडा कोहि जापान कोहि अमेरिका । सब पहिचान गरेर जति वर्ष देखि ति त्यहा बसेको छन सब सग जमिन ओगटेर बसेको केसमा दह्रो मुआब्जा उठाएर आएको रकमले त्यहिका वास्तविक दुई चार सुकुम्बासी परिवारलाई व्यवस्थित गर ।
बालेन तिमि अघि बढ , हामी तिम्रो साथमा छौ ।
काठमाडौमा चक्काजाम गर्ने, बन्द हडताल गर्ने अनि पैशा लिएरै विभिन्न पार्टीको बन्द हड्ताल हुदा हड्तालको ठेक्का लिएर सडकमा केटा पठाएर बन्द मात्र गर्ने कि, पुत्ला नि जलाउने कि, गाडी तोडफोड आगजनी गर्ने कि त्यो सब को रेट तय गरि हड्ताल गर्ने समुहलाई पार्टीले त्यहा राखेको छ ।
थापाथली सुकुम्बासी बस्तीमा त पैसा लिएर हड्ताल सफल गर्ने समुह थुप्रै छन । म स्वयं विद्यार्थी जीवनमा रहदा २०६४ साल तिर काठमाडौ बन्द गर्ने कुरो आउदा ल बन्द गर्ने भए थापाथली जाऔ, त्यहा केटाहरू सग कुरा गरौ उनिहरूलाई पैशा दिए आधा दिन बन्द कि पुरै दिन सब उनिहरूले मिलाउछन भनेर प्रस्ताव सम्म आएको र के रहेछ यो फन्डा बुझौ न त भनेर उनिहरू सग कुरा गर्दा आधा दिन भए ४५००० पुरा दिन भए ७० हजार दिनुस तोडफोड, आगजनी को अलग पैसा लाग्छ दह्रै सग बन्द गर्ने भए त्यहि अनुसार केटा लाउन पर्छ नत्र अलि अलि केटाहरू र केटाकेटी लगाए नि सफल हुन्छ।
यसो बिहान १० बजेसम्म सडक तताउने त्यतिखेर सम्म बन्द भो भने त्यसपछि त आफै दिनभर बन्द हुन्छ । केहि गर्न पर्दैन भनेर विभिन्न उपाय सहितको प्रस्ताव सुनाएको थिए । हामी त्यो सुनेर छक्क पर्दै त्यसै फर्केको थियौ ।
त्यसैले त्यो समुहमा असंख्य हड्ताल सफल गरेर बसेका व्यवसायिक हड्तालेहरू छन जसले त्यति सजिलै छोड्दैनन । त्यहा प्रत्यक्ष ओली, प्रचण्ड, माकुने, झलनाथ, देउवा सग फोन सम्वाद गर्ने हैसियतका मानिस छन । अलिक दह्रो भएर पुर्ण तयारीका साथ जानु पर्दछ ।
Go ahead Balen .
