• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वालिङ नगरपालिका र निफ्राबीच सम्झौता


  •   बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
  • आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका विषयमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

    Advertisement

    वालिङ नगरपालिकाले आँधीखोलामा जलाशय निर्माण गरी जलविहारको व्यवस्था मिलाइ आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्नका लागि सार्वजनिक निजी साझेदारीमा विकास, लगानी, निर्माण एवं सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए।

    “यो दीर्घकालीन महत्व र वालिङको गौरवको योजना पनि हो”, उनले भने, “सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत आँधीखोलामा जलविहार सञ्चालन गर्ने र त्यसका लागि आर्थिक तथा प्राविधिक सहयोगीसँग समन्वय र स्रोतको व्यवस्थापन गर्ने विषयमा निफ्रासँग सहमति पत्रमा हस्ताक्षर भएको हो।”

    नगरपालिकाले आँधीखोलामा बाँध बाँधेर जलविहार गर्न सकिने, आँधीखोलाको दुवै किनारमा रहेको कोरिडोरको सौन्दर्यकरणमा जोड दिने, निर्माण भएको जलाशयमा माछा पाल्ने र सीमान्तकृत अवस्थामा रहेको माझी जातीको पेसा व्यवसायको संरक्षण, आँधीखोलाको वातावरणीय संरक्षण साथै पर्यटकीयस्थल बाहुनथानदेखि वालिङ बजार नजिकै जिपलाइन निर्माण गर्नेजस्ता मुख्य कार्य यो परियोजनाअन्तर्गत रहेकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको उनले बताए।

    “नगरपालिकाको तर्फबाट पूर्वसम्भाव्यता अध्ययन गरिसकेका छौँ”, उनले भने, “हाम्रोतर्फबाट गरिएको अध्ययनका विषयमा निफ्रासँग छलफल गर्‍यौँ, उहाँहरु यो परियोजनाका विषयमा आकर्षित हुनुभयो।”

    नगरपालिकाका तर्फबाट परियोजना स्थलमा गर्नुपर्ने प्रक्रिया र निफ्राका तर्फबाट गरिने कार्य सहमति पत्रमा उल्लेख गरिएको छ ।

    पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको निफ्राले वालिङ नगरपालिकाले अगाडि सारेको परियोजनालाई ठोस रुप दिनका लागि सहमति पत्रमा हस्ताक्षर गरेको निफ्राको पब्लिक सेक्टर न्यू इनिसियटिभ प्रमुख स्मृति शर्माले बताए।

    सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत रहेर उक्त परियोजनाको थप सम्भाव्यता अध्ययन गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र अध्ययनबाट सम्भव देखिएमा लगानीको प्रक्रिया अगाडि बढाइने उनले बताए।

    वालिङ नगरपालिकाले तयार पारेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वालिङ नगरपालिका वडा नं ८ र ९ मा रहेको खेलमैदान नजिकै एउटा बाँध, वालिङ ६ र ९ स्थित मजुवामा एक गरी दुई वटा बाँध बाँधी जलाशय निर्माण गरिने छ । परियोजना निर्माणका लागि करिब रु ४५ करोड लगानी लाग्ने पूर्वानुमान वालिङ नगरपालिकाले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.