• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयीः मधेशमा सबैभन्दा धेरै, बागमतीमा शून्य


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् ।

    Advertisement

    यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सिटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा जित हासिल गरेको छ ।

    मधेश प्रदेशमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका हुन् । कूल ६४ रहेको मधेशमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो, जनता समाजवादी ९ सिटसहित तेस्रो भएका छन् ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट, जनमत पार्टीले ६, नेकपा (माओवादी केन्द्र)ले ४ सिट हात पारेका छन् भने स्वतन्त्र उम्मेदवार ६ जनाले चुनाव जितेका छन् । देशको राजधानी रहेको बागमती प्रदेशले स्वतन्त्र उम्मेदवारलाई पत्याएको देखिएन ।

    यहाँ कूल ६६ सिटमध्येमा ६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेका छैनन् । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले १४ सिटमा जित हासिल गरेको छ भने १ सिटमा अग्रता लिइरहेको छ ।

    यस्तै नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो, नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ७, नेपाल नेकपा एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएका छन् ।

    यस्तै गण्डकी प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । कूल ३६ सिट रहेको यस प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ । नेकपा एमाले १२ सिटसहित दोस्रो, ४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै यस प्रदेशमा नेपाल समाजवादी पार्टीले १ जित्दा एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन् ।

    यता लुम्बिनीमा पनि ३ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । कूल ५२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमालेले १८ सिट जितेको छ । नेपाली कांग्रेस १७, नेकपा माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ जनमत पार्टी १ तथा स्वतन्त्रमा ३ जनाले जित हासिल गरेका छन् ।

    कर्णाली प्रदेशका २४ मध्ये एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली कांग्रेसले ९ सिटमा जित निकालेको छ । नमाओवादी केन्द्र ९, नेकपा एमालेले ५ र स्वतन्त्र १ एक जना विजयी भएका छन् ।

    यस्तै सुदूरपश्चिम प्रदेशको कूल ३२ सिटमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ १२ सिट सहित नेपाली कांग्रेस दल बन्दा नेकपा माओवादी केन्द्र ८ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा स्वतन्त्रबाट १ जनाले जितेका छन् ।

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.