• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत


  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
  • प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ। तर, नतिजाबारे आंकलन भइसकेको छ।

    Advertisement

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन्।

    कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन प्रक्रिया सुरु हुनेछ। ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ संविधानको धारा ७६ (२) मा उल्लेख छ।

    प्रधानमन्त्री बन्न र सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिलाउन नेताहरू औपचारिक तथा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन्। पहिलो दलको हैसियत प्राप्त कांग्रेसका आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षीको रूपमा आफूलाई अघि सारेका छन्। तर, अरु दलमा जस्तै कांग्रेसमा जनतमको सन्देशविपरीत यसअघि पटक पटक सरकार र पार्टीको नेतृत्वमा रहिसकेका व्यक्ति नै प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्, समर्थन जुटाउन दौडधूप गरेका छन्।

    गत वैशाखमा सम्पन्न स्थानीय तह र ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले नेतृत्वमा युवालाई रुचाएका छन्। सोहीअनुसार मत दिएर जिताएका छन्। निर्वाचनको बेला वर्षाैंदेखि पार्टी र सरकारको निर्णायक स्थानमा रहेका नेतालाई ‘हराउन’ युवाहरूले अभियान चलाएका थिए । तर, गठबन्धन गरेर दलहरूले आफूलाई निर्वाचित गराउन सक्षम भए, जसको अभिमत सत्ताको नेतृत्वमा रहनका लागि नरहेको राजनीतिक विश्लेषकहरूले सार्वजनिक रुपमै बताइरहेका छन्।

    तर, यसलाई बेवास्ता गर्दै पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा अझै प्रधानमन्त्री बन्न लविङ थालेका छन्। सांसदहरूले शपथ खाएका छैनन्। संसदीय दल गठन भएको छैन। संसदीय दलको नेता चयन भएको छैन । तर, हतार भने सरकारको नेतृत्व लिन नेताहरु दौडधूप गरेका छन्।

    निर्वाचनअघि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गरेका गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा रहनेगरी काठमाडौं ४ का जनताले निर्वाचित गरेका छन्। तर, उनलाई संसदीय दलको नेतामै उठ्न नदिने गरी चलखेल सुरु भएको देखिन्छ।

    गत वर्ष सम्पन्न महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थापालाई दलको नेता र प्रधानमन्त्री बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित पार्टीका युवा नेता तयार देखिन्छन्। तर, सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू गगनलाई दलको नेता र प्रधानमन्त्री बनाउन चाहेको देखिँदैन।

    गगनलाई रोक्न शशांक कोइरालालाई फकाउन देउवा स्वयं सक्रिय छन्। देउवाले शशांकलाई भेटेर आफूलाई दलको नेता बनाउन सहयोग गर्न आग्रह गरेका छन्। ज्येष्ठ नेताको सत्ता र शक्तिप्रतिको मोहले पार्टीलाई पार्ने दख्खलबारे युवा नेताहरू चिन्तित् देखिन्छन्। उनीहरू यसपटक चुनौती दिने तयारीमा छन्। तर, केही दिनयता भइरहेका भेटवार्ता र छलफलले गगनलाई संसदीय दलको नेतामा उठ्न नदिने र प्रधानमन्त्री बन्नबाट रोक्ने संकेत देखिन्छ।

    मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.