• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व


  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
  • सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ।

    Advertisement

    हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन्।

    निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन्। पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन।

    त्यसबखत प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन्।

    नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष निर्वाचित आठ र समानुपातिक तीन गरी ११, नेकपा(एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी दश सदस्य निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन्।

    पहिलो कार्यकालमा शून्य उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टीबाट अहिले प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन् ।

    यस्तै राप्रपाबाट पनि पहिलोपटक प्रदेशसभामा एक सदस्यको उपस्थिति हुने भएको छ। प्रत्यक्षतर्फ निर्वाचनमा कुनै पनि सिट प्राप्त गर्न नसकेको उक्त दलले समानुपातिकमा पाएको मतका आधारमा एक सदस्य निर्वाचित भएको हो । एक स्वतन्त्र सदस्यको समेत प्रदेशसभामा उपस्थिति हुँदैछ।

    यसअघिको प्रदेशसभामा एमालेबाट २५ सदस्य निर्वाचित भएकामा दोस्रो चुनावमा दशजनामा सीमित हुन पुगेको छ। पार्टीमा भएको विभाजनका कारण एमालेका १४ सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेपछि प्रदेशसभा उक्त दल ११ सदस्यमा सीमित भएको थियो।

    यस्तै पहिलो प्रदेशसभामा १४ जना सदस्य जितेको माओवादी केन्द्र यो चुनावमा प्रत्यक्षतर्फ आठ र तीन समानुपातिक गरी ११ जनामा सीमित भएको छ।

    चार पूर्वसदस्य पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट प्रदेशसभा दोस्रो पटक निर्वाचित भएका हुन्।

    यसअघिको चुनावमा एमालेबाट निर्वाचित भई एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनःप्रदेशसभामा निर्वाचित भएका छन्।

    प्रदेशसभाका पूर्वसदस्य एवं कांग्रेस नेता डिल्लीराज पन्त कैलाली-५ बाट र अर्का पूर्वसदस्य तारालामा तामाङ कञ्चनपुर-१बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

    प्रदेशसभाका १२ पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ। पराजित हुने पूर्वसदस्यहरुमा कञ्चनपुरबाट समाजवादी पार्टीका लालबहादुर खड्का, कैलालीबाट अमरबहादुर साउद, कैलालीबाटै माओवादी केन्द्रका नन्दबहादुर साउद डडेलधुराबाट एमालेका पठानसिंह बोहोरा, बैतडीबाट लीलाधर भट्ट, कैलालीबाट नेपालु चौधरी र बाजुराबाट बलदेव रेग्मी छन्।

    अछामबाट झपट बोहोरा भने यो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भए। यसैगरी एमालेबाट यसअघिको निर्वाचनमा कैलाली-२ बाट प्रदेशसभा निर्वाचित रतनबहादुर थापा दोस्रो पटक पराजित भए। उनले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए।

    यस्तै कैलालीबाट प्रदेशसभा सदस्यका लागि पुनः टिकट पाएका कांग्रेसका नेता डा रणबहादुर रावल र लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी दोस्रो पटक प्रदेशसभामा पुग्न असफल भए। प्रदेशसभाका लागि प्रत्यक्षतर्फका सबै ३२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसक्दा समानुपातिकतर्फको २१ सदस्यको नतिजा आउने क्रममा छ। प्रदेशसभामा ५३ सदस्य रहन्छन्।

    शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.