नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।
आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ३०३ रुपैयाँदेखि अधिकतम ९०६ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।
यसको सेयर काराेबार गर्नका लागि एसएचएलबि (SHLB) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार बुधबारबाट खुला हुनेछ।
