• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विभेदकारी नीतिका कारण सिद्धार्थनगरका उद्योगी पलायन हुने अवस्थामा : उद्योगी व्यवसायी


  •   बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
  • पूर्वाधारमा अगाडि रहेको सिद्धार्थनगरलाई अब सामाजिक र आर्थिक विकासमा पनि अघि ल्याउनु पर्ने उद्योगी व्यवसायीहरूले बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको ‘सिद्धार्थनगरमा आर्थिक चलायमान कसरी बढाउने’ विषयक अन्तरक्रियाका सहभागी उद्योगी व्यवसायीले भौतिक पूर्वाधारमा ४–५ दशकदेखि फड्को मारे पनि आर्थिक विकासका हिसाबले सिद्धार्थनगर पछि रहेको बताए।

    Advertisement

    व्यापारिक केन्द्रको रुपमा परिचय बनाएको सिद्धार्थनगर आर्थिक रुपमा बिस्तारै कमजोर हुँदै गएको उनीहरूको भनाइ छ। ६ लेन सडक, अन्तराष्ट्रिय विमानस्थल, सेज, दोस्रो ठूलो भन्सार, निजी तथा व्यवसायीक क्षेत्रमा अर्बौ लगानी भए पनि आर्थिकस्थिति खस्किदै गएको छ। जनसंख्याको हिसाबले भैरहवा विकसित शहर जस्तै भए पनि स्थापित बजार नहुँदा व्यापार व्यवसाय फास्टाउन नसकेको उनीहरूको दुखेसो छ।

    सिद्धार्थनगर उद्योग वािणज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले आर्थिक चलायमान बढाउन संघले महोत्सव आयोजना गरेको बताए। उनले भने, ‘यसले समग्र भैरहवा क्षेत्रमा केही भए पनि आर्थिक चलखेल हुने र रोजगारी सृजना गर्छ। हाम्रो मुख्य चुनौती नै खुला सीमा हो। यहाँका व्यवसायी नै सीमापार जाने अनि उपभोक्ताले यहाँ खरिद गरेनन् भन्ने गर्छ।’ डण्डा करिडोरलाई व्यवस्थित गर्ने, अन्तराष्ट्रिय स्तरको खेल आयोजन गर्ने, रात्रीकालिन बजारले आन्तरिक र वाह्य पर्यटकबाट पनि सजिलै आर्थिक चलायमान गर्न सकिने उनले बताए।

    आशाको खेतीमा रउने उद्योगी व्यवसायीहरूले अब व्यवसायलाई समयसापेक्ष पनि बनाउनु पर्ने सहभागीहरूको भनाइ छ। खुला सीमालाई अवसर र चुनौतीको रुपमा लिनु पर्ने अध्यक्ष न्यौपानेले बताए ।

    संघका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले द्रुत गतिमा पूर्वाधर विकास भएको र अब समानान्तर रुपमा आर्थिक गतिविधि पनि चलायमान हुनुपर्ने बताए। लकडाउनको समयमा सीमा बन्द हुँदा भएको व्यवसाय अहिले पनि सामान्य बनेको छैन। ग्राहक नपाएर बजारका सटर खाली हुँदै जानु र व्यवसाय बन्द हुने क्रम बढ्दो रहेको छ । बुटवल र सीमावर्ती बजार यहीको उपभोक्ता गएर गुलजार गरिरहेका छन् हामीले उपभोक्ताबाट थोरै नाफा लिए पनि सचेतना नफैलाए यो अवस्था झनै गम्भीर हुने उनले बताए।

    संघका कोषाध्यक्ष तथा पर्यटन व्यवसयाी गोविन्द ज्ञवालीले पर्यटकलाई माग अनुसारको सुविधा दिए मात्रै आर्थिक चलायमान हुने बताए । हामीले ठूलाठूला कुरा गर्नुभन्दा पर्यटकमैत्री वातावरण सृजान गरेर मात्रै थुप्रै सम्भावनालाई भजाउन सकिने बताए। विश्वकै ध्यान केन्द्रको रुपमा रहेको लुम्बिनीलाई भैरहवाले नै भजाउन नसकेको उनले गुनासो गरे। तीन तहकै सरकारको ध्यान यसमा गए राम्रै प्रचारप्रसार गरे भारतको एक प्रतिशत जनता मात्रै नेपाल आए सेवा दिन नसक्ने अवस्थामा समेत पुग्न सक्ने बताए। सौन्दर्यकरण र पर्यटक लक्षित कार्यक्रमका लागि दबाब श्रृजन गर्न उनले व्यवसायीहरूलाई आग्रह गरे।

    उद्योगी विकास गोयन्काले २४ घण्टा उद्योग चलाउनका लागि सरकारले महोल श्रृजना गर्नुपर्ने बताए। सरकारकै विभेदकारी नीतिले कतिपय उद्योगी पलायन हुने अवस्थामा छन्, नीतिलाई उद्योग–मैत्री रुपमा परिवर्तन गर्दै लगे आर्थिक चलायमान स्वतः हुने बताए।

    व्यवसायी गौरव श्रेष्ठ, गोपाल उपाध्याय, कृष्ण घिमिरेलगायतले बैँकको मनपरि ब्याजदर, चोरी पैठारी, नियमक निकायको गैरजिम्मेवार कार्यले आर्थिक चलायमानमा असर पु¥याएको बताए। विमानस्थल २४ घण्टा सञ्चालनमा आए पनि यातायात र सीमामा पर्यटकहरूले सास्ती खेप्नु परेको छ। एकै प्रकृतिका व्यवसाय एकै ठाउँमा राखे, विदेशमा जस्तै ‘वाकिंङ स्ट्रिट’ को अवधारणा पनि भैरहवामा ल्याउन जरुरी रहेको छ।

    बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.