महालक्ष्मी विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। पुस १ गते (आइतबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको ४ प्रतिशतले हुन आउने १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँबराबरको बोनस सेयर र ६.४७ प्रतिशतले हुन आउने २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।
