• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

को बन्ला प्रधानमन्त्री ? प्रचण्डको दाबीले सत्ता गठबन्धनमा सकस


  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
  • आइतवार निर्वाचन आयोगले समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई औपचारिक रुपमा प्रमाणपत्र वितरण गरिसकेको छ। सोही दिन बेलुका राष्ट्रपति विद्या भण्डारीले सरकार गठनका लागि एक साताको समयावधि दिएसँगै सरकार गठनको गृहकार्य थप पेचिलो बन्दै गएको छ।

    Advertisement

    संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको तीस दिनभित्र सरकार गठन गर्नुपर्ने प्रावधान छ। निर्वाचन आयोगले गएको बिहीबार राष्ट्रपति समक्ष संघ र प्रदेशको निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेको थियो।

    राष्ट्रपतिले धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि एक हप्ताको समयसीमा तोकिसकेकी छन्। अब दलहरुले राष्ट्रपतिद्वारा तोकिएको समयसीमाभित्र संविधानको धारा ७६को उपधारा(२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थन प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यले प्रधानमन्त्रीमा दाबी पेश गर्नुपर्ने छ। यद्यपि समयसीमा पुनः थप हुनेमा दलहरु विश्वस्त छन्।

    नयाँ सरकार गठनको औपचारिक सुरुवात थालेका गठबन्धन दलहरुबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्यौलता देखिएको छ। कांग्रेस माओवादी दुबैको प्रधानमन्त्रीमा दाबीले सत्तारुढ गठबन्धनलाई टुंगा लगाउने सकसपूर्ण रहेको देखिन्छ।

    माओवादीले सार्वजनिक रुपमा सरकारको नेतृत्व पहिलो कार्यकाल आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। उसले गठबन्धनको सुत्रधार र अहिलेको देउवा सरकार आफ्नै उपज भएको बताउँदै आएको छ। यसर्थ पहिलो कार्यकाल आफूले पाउनुपर्ने उसको दाबीे छ।

    आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सांसदहरुको शपथग्रहणपछि मात्र सरकार गठनको प्रक्रियाकाबोरमा छलफल अगाडि बढाउने निर्णय गरेको छ। यही परिपेक्षमा राष्ट्रपति भण्डारीबाट दिइएको समयसीमा भित्र गठबन्धनले सत्ता साझेदारीमा सहमति गर्दै सरकार गठन गर्न घनिभूत पहल थाल्नुपर्ने समय आइसकेको छ।

    पहिलो कार्यकाल प्रधानमन्त्रीको दाबी गठबन्धनबाट आफूले पाउनुपर्ने माग यथावत नै रहेको माओवादी नेताहरु बताउँछन्। माओवादी प्रधानमन्त्रीकोे दाबीबाट तत्काल माओवादी पछि नहट्ने बताइएको छ। माओवादी हालसम्म यही गठबन्धनबाटै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने आफ्नो पूर्ववत अडानमा यथावत रहेको बताइएको छ।

    विगतको गठबन्धन निर्माणमा प्रचण्डले निर्वाह गरेको महत्वपूर्ण भूमिका र देउवालाई प्रधानमन्त्री बनाउन गरेको पहलकदमीका आधारमा समेत आफूहरुको दाबी यथोुचित रहेको माओवादी नेताहरुको दाबी छ। उसले हालै गठबन्धन तोड््ने मनस्थितिमा नरहेको दर्शाएर कांग्रेसको विश्वास जित्न उद्धत रहेको स्रोत बताउँछ।

    माओवादी केन्द्रका सचिव डिलाराम आचार्यसमेत वर्तमान गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री हुने दाबी गर्दछन्। उनले अब दलहरुभित्र संसदीय दलको नेता चयन भएपछि मात्र यो विषयले मुर्तरुप पाउने उनले बताए।

    उनले भने, ‘अब दलहरु संसदीय दलको नेता चयनमा केन्द्रित भएकाले सरकार गठनको विषयले पूर्णता पाउने देखिन्छ। अहिले सबैको ध्यान संसदीय दल नेतामै केन्द्रित भएकाले त्यसपचि क्लियर पिक्चर आउँला।’

    उनले माओवादीको प्रधानमन्त्रीमा दाबी यथावत नै रहेको बताउँदै अगाडि थपे, ‘हाम्रो प्रधानमन्त्रीमा दाबी यथावत नै छ। गठबन्धन र वर्तमान व्यवस्थाकै सुत्राधार माओवादी भएकाले पहिलो कार्यकाल सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ।’

    नेता आचार्यका अनुसार माओवादीले प्रधानमन्त्रीमा दाबी नछाड्ने तर वर्तमान गठबनधन वेगर नयाँ सरकारकोे नेतृत्व गर्ने तयारीमा छैन। यही गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने उनले दाबी गरे।

    उता कांग्रेसले गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्व आफूले पाउनुपर्ने उसको अडान कायमै छ। कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत ठूलो दलको हैसियतले कांग्रेसले नै प्रधानमन्त्री पाउनुपर्ने न्यायसंगत हुने बताउँछन् तर प्रचण्डको दाबीसमेत अस्वभाविक नभएको उनको ठहर छ।

    कांग्रेसले संसदीय दलको निर्वाचनपछि मात्र यस विषयले थप प्रवेश पाउने उनी बताउँछन्।

    उनले निर्वाचन परिणामपछिको पहिलो पार्टी कांग्रेस भएकाले उसको नेतृत्व नै उपयुक्त हुने धारणा ब्यक्त गरे। उनले भने, ‘निर्वाचनको परिणामले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने जनमत दिएको छ। कांग्रेसले नै गठबन्धन सरकारको नेतृत्व गर्दछ। संसदीय दलको निर्वाचन लगत्तै कांग्रेसले ठोस निर्णय लिएर अगाडि बढ्छ।’

    गठबन्धनभित्रकै दोस्रो ठूलो दल माओवादी केन्द्रलेसमेत सरकारको नेतृत्वमा दाबी गर्नु अस्वभाविक नभएको डा.महतको तर्क छ। उनले सरकार गठन र अन्य महत्वपूर्ण पदको बाँडफाँट सहमतिमै टुंग्याइने दाबी गरे।

    कांग्रेसमा संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, देउवासँग चौधौं महाधिवेशनमा पराजित शेखर कोइराला र महामन्त्री गगन थापा मुख्य प्रत्याशी रहेको बताइन्छ। यद्यपि महामन्त्री थापा कोइराला समूहकै भएकाले अन्तिम समयमा यी दुबैबीच सहमति हुन सक्ने संभावना छ।

    कांग्रेसले संसदीय दलको नेता छान्न आइतबार भिष्मराज आङदम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। जसमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य रहेका छन्।

    निर्वाचन समितिको बैठक सोमबार साढे आठ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकले दलको निर्वाचनको मिति लगायतका विषयमा छलफल हुने निर्वाचन समितिले जनाएको छ।

    एमाले माओवादी सहकार्यको संभावना कति?

    कांग्रेस र माओवादीको आ-आफ्नै दाबीले सरकार गठनको विषयमा थप रस्साकस्सी चलिरहेको छ। यही क्रममा एमाले माओवादीका नेताहरुको बढ्दो भेटवार्ताले वाम सहकार्यको संभावना समेत बढेर गएको बताइएको छ।

    माओवादी र एमालेका नेताहरुबीचको भेटवार्तामा समेत उसले कांग्रेससँगको गठबन्धन परित्याग गर्नुपर्ने माओवादीसँग उसको प्रस्ताव छ। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सुरुदेखि नै आफू वाम एकताको पक्षधर रहेको बताउँछन्।

    उनले चुनावमा समेत वाम तालमेल गरेरै जानुपर्ने आफ्नो प्रस्ताव पार्टीमा लागू नभएको उनले बताए। उनले त्यसकालागि वाम माओवादीले कांग्रेससँगको गठबन्धन छाडेर आउनुपर्ने बताए।

    उनले भने, ‘अर्को पक्षसँग तालमेल गर्न एक पक्षसँग गठजोड त्याग्नै पर्ने यो त सामान्य नियम नै भयो नि!’ उनले अगाडि भने, ‘म सुरुदेखि नै गठबन्धनको पक्षधर हुँ चुनाव अगावै यसके लागि पहल थालेको पनि थिए तर सफल भएन। वामहरुकै सरकार र सहकार्य नै सबैकोणबाट उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो तर पछिल्लो समय उल्लेख्य कुनै छलफल भएको छैन।’

    उनले आफू गृह जिल्ला लमजुङमा आएको बताउँदै पछिल्लो समय थप उपलब्धिमुलक कुनै छलफल नभएको बताए।

    यद्यपि एमालेभित्र माओवादीसँग सहकार्य गर्न नहुने आवाज सार्वजनिक रुपमा नउठेको होइनन् तर ती कसैका निजी विचार भएको उपमहासचिव गुरुङको भनाइ छ। उनले पार्टीमा सबैले आफूले लागेका विचार ब्यक्त गर्नुलाई आधिकारिक धारणासँग जोड्न नहुने बताए।

    उनले भने, ‘पार्टीमा सबैका आ आफ्ना मत हुन्छन् ती ब्यक्त गर्न पाइने स्वतन्त्रता सबैमा छ तर पार्टीको संस्थागत धारणाका रुपमा बुझ्नु हुँदैन र होइनन्।’ खुल्ला पार्टीमा विचार अभिब्यक्त गर्ने स्वतन्त्रता सबैलाई भएको गुरुङको धारणा छ तर पार्टीको निर्णय नै सर्वोपरी हुने उनी बताउँछन्।

    त्यसाे त माओवादी आफ्नो अडानबाट पछि नहटेमा एमालेसँग मिलेर भएपनि सरकार बनाउनुपर्ने आवाज कांग्रेसभित्र समेत उठेको बताइन्छ। यसमा एमालेका केही नेताहरु समेत सहमत छन्।

    एमालेका उच्चतहका नेताहरुले समेत कांग्रेसलाई सर्मथन गरी सरकार सञ्चालन गर्न सहजता प्रदान गर्नुपर्ने तर्क गर्दै आइरहेका छन्। कांग्रेस संस्थापन इतरका कतिपय नेताहरुले एमालेसँगै साझेदारी गर्नुपर्ने समेत बताइरहेका बेला यो संभावना तत्काल नरहेको कांग्रेसका एक नेता बताउँछन्।

    राजनीतिक स्थायीत्वका लागि यो विकल्प नै उपयुक्त हुने उनको भनाइ छ। तथापि कांग्रेसका बहुसंख्यक नेताहरु गठबन्धनकै पक्षमा रहेकाले यो संभावना नरहेको उनको स्वीकारोक्ति छ।

    माओवादी केन्द्रका नेताहरु समेत एमालेसँग छलफलमा जुटिरहेका छन्। उनीहरु एमालेका शीर्ष नेतादेखि दोस्रो तहका नेताहरुसँग नियमित सम्पर्कमा रहेको बताइन्छ। तर, उनीहरु सरकार गठनका बारेमा भने कुनै छलफल नगरिएको सार्वजनिक रुपमा बताउँदै आएका छन्।

    केही दिन अगाडि माओवादी केन्द्रका महासचिव देव गुरुङ स्वयम एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए। उनले नयाँ समिकरण र सरकारका विषयमा कुनै छलफल नै नभएको बताइरहेका छन्। उनले राजनीतिक विषयमा छलफल नै नभएको बताए।

    उनले भने, ‘सामान्य बधाइ दिएर औपचारिकता निभाउन भेटघाट मात्रै भएको हो अन्य राजनीतिक विषयमा कुनै छलफल नै भएको हैन।’ तर, माओवादी एमालेको पछिल्लो समयमा बढेको निकटताले कांग्रेस सशंकित बनेको छ।

    यस्तै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा तत्काल वाम गठबन्धन बनिहाल्ने अवस्था नरहेको बताउँछन्। उनले अहिलेको अवस्थामा यही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा पार्टीमा एक मत रहेको उनको दाबी छ।

    उनले भने, ‘तत्काल त्यो संभावना देखिँदैन। उहाँहरुसँग अनौपचारिक छलफल बधाइ आदानप्रदान भइरहेको होला तर सहकार्यको संभावना हालै देखिँदैन भविश्यमा हुन सक्ने संभावनालाई नकार्न सकिन्न त्यो त्यतिबेलाको परिस्थितिमा निर्भर गर्दछ।’

    प्रवक्ता महराले केही समय अगाडि माओवादीले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए। एमालेसँग समेत सहकार्य गर्न सकिने उनको आशय थियो। तर, उनले उक्त अभिब्यक्ति त्रुटिबश व्यक्त भएको बताउँछन्। उनको पार्टीले सार्वजनिक रुपमा आधिकारिक धारणा नभएको भन्दै अर्को दिन सच्याइएको थियो।

    अनौपचारिकरुपमा माओवादी र एमालेका नेताहरु आन्तरिक छलफलमा जुटिरहेको बताइएपनि माओवादीले भने कांग्रेससँगको गठबन्धनलाई नै निरन्तरता दिने बताइरहेको छ।

    सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.