• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सार्दै देउवा, वामपन्थीलाई नदिने


  •   मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
  • राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि सात दिनेका समय दिएपनि दलहरुको ध्यान यतिबेला भावी राष्ट्रपतिका लागि केन्द्रित हुन थालेको छ।

    Advertisement

    निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूसँगै राख्छ चाहन्छ। त्यसका लागि कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका रुपमा अगाडि सार्ने तयारी गरिरहेको छ।

    वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सहमति गरेको पाँच दलीय गठबन्धनमा शक्ति बाँडफाँटमा कुरा मिलिसकेको छैन। तर राष्ट्रपति पद वामपन्थीलाई दिन नहुनेमा गैर कम्युनिष्ट पार्टी एकमत छन्।

    माओवादीले आफूलाई राष्ट्रपति नदिने सुइँको पाएपछि उसले प्रधानमन्त्रीमा दाबी गर्दै आएको छ। कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भइसकेको छ।

    तर, सुरुमा कसको नेतृत्व भन्ने विषयमा सहमति जुट्न सकेको छैन। माओवादी सुरुमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा छ। तर, कांग्रेसले ठूलो दलको हैसियतले सुरुमा सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने बताउँदै आएको छ।

    माओवादीले राष्ट्रपतिमा दाबी नगरेपछि सुरुमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। यो विषयमा सहमति भइसकेको छैन।

    कांग्रेसभित्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूले राख्नुपर्ने आवाज बलियो छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेका छन्। राष्ट्रपतिका लागि पौडेल पनि तयार भएका छन्।

    नेता पौडेलले आफूलाई साथीहरुले महत्वपूर्ण जिम्मेवारी लिनुपर्छ भनेको र आफू त्यसमा सकारात्मक नै रहेको बताए। तपाईंको रुची प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा भन्ने डिसी नेपालको प्रश्नमा नेता पौडेलले भने, ‘साथीहरुले तपाईंले महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ भन्नु भएको छ, त्यसका लागि अहिले म छलफलमा नै छु। त्यस्तो जिम्मेवारी लिन म तयार नै छु।’

    निर्वाचनमा विजयी भएपछि पौडेलले आफू एक पटक प्रधानमन्त्री बनेर देशका लागि योगदान दिन इच्छुक रहेको बताएका थिए। तर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नै दाबी रहने भएपछि उनी राष्ट्रपति बन्न तयार भएका हुन्। देउवाले उनलाई राष्ट्रपतिका लागि तयार रहन भनेको स्रोतले जनाएको छ।

    निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नपुगेको अवस्थमा दलहरुको रुची राष्ट्रपतिमा केन्द्रित छ। राष्ट्रपति पाँच वर्षसम्म कायम रहने भएकाले र अस्थिर सरकार भएका बेला राष्ट्रपतिको भूमिका झन बढ्ने भएकाले दलहरुको ध्यान शितल निवासतर्फ केन्द्रित छ।

    स्रोतका अनुसार वामपन्थी दललाई राष्ट्रपति नदिन कांग्रेसलगायत गैर कम्युनिष्ट पार्टी एकमत छन्। कम्युनिष्ट पृष्ठभूमिका राष्ट्रपतिको निकटता चीनसँग पनि हुने भएकाले गैरकम्युनिष्टलाई राष्ट्रपति बनाउने तयारी स्वरुप रामचन्द्र पौडेललाई शितल निवास पठाउन देउवाले पौडेललाई अगाडि सारेका हुन्।

    १४ औं महाधिवेशनमा तटस्थ रहेका देउवालाई सहयोग पर्याएका पौडेलले संसदीय दलको निर्वाचनमा पनि देउवालाई साथ दिने बताइएको छ।

    संवैधानिक पद भएपनि राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। कतिपय अवस्थामा पूर्व पार्टीप्रति सहानुभूति राख्ने भएकाले पनि देउवाले आफ्नै पार्टीबाट राष्ट्रपति बनाउन चाहेका हुन्।

    वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक रोकेकी थिइन् भने सरकारले जेलमा रहेका रेशम चौधरीलगायतलाई छुटाउने प्रयोजनका लागि ल्याइएको अध्यादेशसमेत होल्ड गरेर राखेकी छन्।

    संवैधानिक पद भएपनि कतिपय अवस्थामा राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने बुझाइमा रहेका देउवाले पौडेललाई राष्ट्रपतिका लागि अगाडि सार्ने तयारी गरेका हुन्।

    मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.