• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अर्जेन्टिनाको अर्को मेस्सी को होला ? यी हुन सक्छन् अर्को विश्वकपमा इतिहास रच्ने खेलाडी


  •   मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
  • लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । आइतबार लुसेलमा भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो । यो जितसँगै लियोनेल मेस्सीको विश्वकप जित्ने सपना पूरा भएको छ । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । यसअघि उसले सन् १९७८ र १९८६ को विश्वकपमा पनि उपाधि जितेको थियो ।

    Advertisement

    विश्वकप जितेपछि लियोनेल मेस्सीको सन्यासको पनि अड्कलबाजी भइरहेको छ । यद्यपि मेस्सीले आफुले अर्जेन्टिनाबाट खेल्न जारी राख्ने स्पष्ट पारेका छन् । जे होस्, अर्जेन्टिनाले अबदेखि नै अर्को विश्वकपको लागि टोली तयारीमा ध्यान केन्द्रित गर्नुपर्नेछ किनभने मेस्सी त्यो विश्वकपमा सहभागी नहुन सक्छन्। यदि मेस्सीले अर्को विश्वकप खेले भने पनि उनको उमेर त्यतिबेला ३९ वर्ष हुनेछ । यस्तो अवस्थामा उनको फर्म अहिलेको जस्तो हुने सम्भावना न्युन हुन्छ ।

    यो विश्वकप मार्फत अर्जेन्टिनाले दुई जना यस्ता खेलाडी पाएको छ जसले आगामी दिनमा मेस्सीको केही हदसम्म भर्पाइ गर्न सक्नेछन् । यी दुई खेलाडी हुन् जुलियन अल्भारेज र एन्जो फर्नान्डेज। दुवै खेलाडीले फिफा विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । इन्जो फर्नान्डेजले फिफा विश्वकप २०२२ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि प्राप्त गरेका छन् ।

    पहिले २२ वर्षीय फरवार्ड जुलियन अल्भारेजको कुरा गरौं । अल्भारेजले कुल चार गोल गरे र गोल्डेन बुटको दौडमा पनि सामेल भए। सेमिफाइनल खेलमा क्रोएसियाविरुद्ध अल्भारेजले देखाएको खेल फुटबल फ्यानहरूको दिमागमा लामो समयसम्म रहनेछ। उक्त खेलमा दुई गोल गर्नुका साथै अल्भारेजले एक असिस्ट पनि गरेका थिए ।

    म्यानचेस्टर सिटीबाट खेल्ने अल्भारेज फ्रान्सका एम्बाप्पेजस्तै उत्कृष्ट गतिमा फुटबल पिचमा दौडिन्छन्, जसले उनलाई निकै विशेष खेलाडी बनाउँछ। जुलियन अल्भारेजले गत वर्ष अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए र अहिलेसम्म १९ खेलमा सात गोल गरेका छन् ।

    अर्कोतर्फ २१ वर्षीय इन्जो फर्नान्डेजले वैकल्पिक खेलाडीका रूपमा विश्वकपको सुरुवात गरेका थिए । तर मेक्सिकोविरुद्ध उत्कृष्ट गोल गरेपछि उनी मिडफिल्डमा टोलीका मुख्य खेलाडी बने । लामो समयदेखि अर्जेन्टिना खेल नियन्त्रण गर्न सक्ने मिडफिल्डरको खोजीमा थियो । यस्तो अवस्थामा टिमसँग एन्जो फर्नान्डेजको रूपमा उत्कृष्ट विकल्प छ । फर्नान्डेजले यसै वर्ष अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए र उनले अहिलेसम्म १० खेल खेलिसकेका छन् ।

    मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.