सेन्ट्रल फाइनान्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ७४ लाख ४३ हजार ७७२.९४ रुपैयाँ बराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।
