निराज रानाभाट , काठमाडौं : चर्चित गायिका रचना रिमाल र चर्चित गायक प्रताप दासको आवाज रहेको नेपाली आधुनिक गीत “ जुनी काट्ने मन छ ” को म्युजिक भिडियोको सार्वजनिक भएको छ ।
सबिन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली सङगेतिक क्षेत्रमा ख्याती प्राप्त मोडेल स्मारिका ढकाल , दिपेन खड्का र कमल प्रसाद शर्माको अभिनय रहेको छ ।
एम बि म्युजिक रेकर्डिङग् स्टुडियो , सामाखुसीमा रेकड भएको गीतमा ढुन्डी राज ढकालको शब्द , संगीत रहेको छ , भने एरेन्ज / मिक्सिङ बिपिन आचार्यको रहेको छ । जसमा निरज ओली रेकडिस्ट रहेका छन ।
कोरियोग्राफी रबी सुनार र यम गुरुङले गरेका छन् , भने सह – निर्देशन बिकल क्षेत्री , स्रीङगार सुवास तिमल्सिन र सन्तोषी आचार्यको रहेको छन् । अशिस्टेन क्यामेराम्यान रन्जीत तिमल्सिना रहेका छन र ड्रोन अपरेटर बिशाल लामा रहेका छन ।
गीतको भिडियो सार्वजनिक भएको छ । गीतको मिडियामा पार्टनरमा `नारायणी प्रेस , द नारायणी पोष्ट ´ लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन ।
