सिन्धु विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश नदिने भएको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि प्रकारको बोनस वा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ।
