निराज रानाभाट , भरतपुर , चितवन : यहीँ पुस २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘ तिम्रो मेरो साथ ’ युनिट प्रचारको लागि मोफसलका मुख्य शहरमा निस्किएको छ । मंगलबार कास्कीकाे पोखरादेखि चलचित्रले प्रचारप्रसार थालेको हो । चलचित्र ‘ तिम्रो मेरो साथ ’ युनिट पोखरा सकिएर चितवन आईपुगेको छ ।
चितवनमा मोफसलकै चर्चित लक्की मिडिया हाउसले चलचित्र ‘ तिम्रो मेरो साथ ’ युनिटलाई चितवनमा भब्य स्वागत गरिएको छ । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई भब्य स्वागत गरिएको हो । उनीहरुलाई लक्की मिडिया हाउस चितवनका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले स्वागत गरेका थिए ।
टोलीमा चलचित्र ‘ तिम्रो मेरो साथ ’ का निर्देशक रमेश एमके पौडेल , नायक पुष्प खड्का , नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दिप क्षेत्री रहेका थिए ।
