नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ। जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए। बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो।
कसैले उम्मेदवारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए। मधेश प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठूलो दल हो।
