• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

वैकल्पिक राजनीति : बाबुराम र रवीन्द्रलाई फापेन, रविको नयाँ रेकर्ड


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • नेपालको राजनीतिमा नयाँपन दिने अभिप्रायले प्रारम्भ गरिएका बिभिन्न राजनीतिक अभियान अन्तर्गतका वैकल्पिक राजनीतिले यथोचित गति लिन सकेका थिएनन्। नेपालमा विगत देखिका केही प्रयोगले यसले राजनीतिमा उचित स्थान लिन नसकिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ रेकर्ड कायम गरेको छ।

    Advertisement

    पार्टी स्थापना गरेको छोटो समयमै प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ सिट प्राप्त गरी २० सिटसहित प्रतिनिधिसभामा चौथो दलको दलको हैसियत कायम गरेको छ। उक्त पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहसहित सरकारमा सामेल भएका छन्।

    विगतमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीतिको सुरुवात गर्ने भन्दै माओवादी परित्याग गरेर नयाँ शक्ति अभियानको थालनी गरेका थिए।

    लामो समय कम्युनिष्ट आन्दोलनमा लागेका भट्टराईले जीवनको उत्तरार्धमा २०७२ को संविधान जारी भएसँगै नयाँ विचारधारा र विशुद्ध पुराना शास्त्रीय मूल्यमान्यता विरुद्ध नयाँ दल गठन गरेको बताएका थिए।

    उनले उक्त अभियानलाई नै पार्टीको रुप दिने प्रयत्न गर्दै नयाँ शक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरे। तर, पार्टीले गति लिन सकेन उनलाई साथ दिएका बिभिन्न पेशा, क्षेत्रका मानिसहरुले बिस्तारै छाडेर आ आफ्ना पूर्ववत स्थानमा फर्कन थाले। उनलाई माओवादी हुँदा साथ दिएका प्रायजसो नेताहरु माओवादी मै फर्किए। कतिपय उनका पूर्वसहयोद्धाले माओवादीसमेत छाडेनन्।

    उनको नयाँ शक्ति अभियानलाई लिएर तत्कालीन अवस्थामा बाबुराम निकट भनेर चिनिएका माओवादी नेता राम कार्कीले बाबुरामको नयाँ शक्तिलाई ‘बाघ र गोरुलाई एउटै हलोमा सँगै जोत्ने प्रयत्न गरेको’ भन्दै कटाक्ष गरेका थिए।

    अन्ततः आज भट्टराई स्वयम माओवादीमा फर्कने अन्तिम तयारीमा छन्। यद्यपि माओवादी नाम अब सान्दर्भिक नहुने बताउँदै आएका छन्। उनले नयाँ समाजवादी केन्द्र गठन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।

    केही समय अगाडिसम्म साझा पार्टी गठन गरेर नेतृत्व गरेका रवीन्द्र मिश्र अन्ततः राप्रपामा समाहित हुन पुगेका मिश्रले समेत वैकल्पिक राजनीतिको अभ्यास गरेका थिए। उनले बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर वैकल्पिक राजनीतिको सुरुवात गरेका थिए।

    उनले पनि पाँच वर्ष भित्रै वैकल्पिक राजनीतिबाट विश्राम लिदै पुरानै पार्टी अझै पूरातन भनिने राजसंस्थाको पक्षधर हालका राजनीतिक उपलब्धिको विरोधी पार्टीमा समाहित भएका छन्। भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं–१ बाट राप्रपाका उम्मेदवार रहेका उनी पराजित भए।

    पछिल्लो समय आएका केहीले आफूलाई वैकल्पिक तथा नयाँ भन्दै स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् तर नयाँ दल नै खडा गरेर निर्वाचनबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टी नै हो।

    नेपालका पुराना पार्टीहरुको विकल्पका रुपमा दावा गर्दै आएका पार्टीहरुमध्ये हाल लामिछानेको रास्वपा देखा परेको छ। उसको राजनीतिक भविष्यको विषयमा अहिल्यै आँकलन गर्नु न्यायोचित नहोला किनभने अझै परीक्षणको चरणमा छ।

    पार्टी स्थापना गरेको छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेको लामिछाने नेतृत्वको पार्टी सरकारमा रहेकाले अब उसको परीक्षण अवधि भने सुरु भइसकेको छ।

    सरकारमा रहेर सुशासन कायम गरेमा र जनताले प्रत्यक्ष अनुभूत गर्ने जनपक्षीय कार्यक्रमका आधारमा उसको मूल्यांकन हुने नै छ। पछिल्लो समय वैकल्पिक रुपमा आएका पार्टीमा कतिपय ज्वलन्त विषयमा केही प्रश्न र अपेक्षा गम्भीर ढंगले उठेका छन्।

    वैकल्पिक राजनीति पुष्टि गर्ने मानक के? यो प्रश्न वैकल्पिक राजनीति गर्ने अभियन्ता र नेताहरुले प्रष्टताका साथ दर्शाउनुपर्ने चुनौती छ। यो प्रश्न निकै पेचिलो रुपमा वैकल्पिक राजनीतिकर्मीमाथि उठेको छ।

    के आधारमा वैकल्पिक? दर्शनमा, कार्यक्रममा, कार्ययोजनामा या यी सबैको कार्यान्वयनमा यी प्रश्नको जवाफ र यसको मूर्तता व्यवहारत पुष्टि गर्ने चुनौती वैकल्पिक राजनीतिका अगुवाहरु माझ छ। ती आगामी दिनमा उनीहरुका कार्यसम्पादनबाट थप पुष्टि हुँदै जाला।

    साच्चिकै विकल्प दिनै आएको देखाउने चुनौती नयाँ र वैकल्पिक भनेर गठन गरिएका दलमा छ।

    बाबुराम र रवीन्द्रको निराशाजनक अवस्था, रविको पक्षमा अप्रत्याशित परिणाम कसरी?

    नयाँ र वैकल्पिक भन्ने बित्तिकै अरु भन्दा पृथक र आफ्नै विशिष्ट पहिचान भएको भन्ने नै बुझिन्छ। पुराना भन्दा तुलनात्मक रुपमा श्रेयष्कर छनोट गर्न पाउने उपयुक्त अवसर नै विकल्प हो।

    राजनीतिक रुपमा निर्वाचनमार्फत मतदाताले पुराना भन्दा फरक ठानेर नै विकल्पको रुपमा नयाँ वैकल्पिक दल छनोट गर्ने हो। यसर्थ परम्परागत दल भन्दा भिन्न (तुलनात्मक रुपमा सकारात्मक) अपेक्षा गरेरै मतदाताले नयाँ र वैकल्पिक भनिने दललाई छनोट गरेको हुन्।

    नेपालको राजनीतिमा स्थापित पुराना पार्टीहरुको आफ्रनै ऐतिहासिक पृष्ठभूमि छ। उनीहरुका पुरानो राजनीतिक विरासत कायम छ। राजनीतिक परिवर्तनलाई आधार मान्ने हो भने उनीहरुको आफ्नै गर्बिलो विगत र वर्तमानमा बलियो सांगठनिक अवस्था छ। ती दलसँग नयाँले प्रतिस्पर्धा गर्नुलाई कम आँक्न मिल्दैन।

    ती पार्टीहरुका पुराना कायृकर्ता समेत एक पछि अर्को पुस्तामा पुस्तान्तरण हुँदै गरेका छन्। त्यसैले उनीहरुको सामाजिक प्रभावसँगै शाशकिय संरचनाका हरेक क्षेत्रमो प्रभाव र बर्चस्व ब्याप्त छ। यस्तो अवस्थामा नयाँ र वैकल्पिक भनिने नयाँ दललाई ती पुराना पार्टीहरुसँग प्रतिस्पर्धा गर्नु कम चुनौतीपूर्ण छैन।

    तथापि बहुसंख्यक जनतामा लामो समयदेखि परिक्षित हुँदै आएका यी दलप्रति बिस्तारै निराशा बढ्दै गएको छ। त्यसलाई भर्खरै सम्पन्न निर्वाचनको परिणामले समेत उजागर गरेको छ।

    यो निराशालाई नयाँ र वैकल्पिक रुपमा उदाएका दलहरुका लागि अवसर साबित भएको छ र जनताले आशातित ठानेका छन्। यसले वैकल्पिक दलहरुलाई प्रभाव बढाउन र मत आकर्षित गर्न यस पटकको निर्वाचनमा निकै फलदायी भएको छ।

    मूलत राजनीतिक दल उसको दर्शनमा आधारित हुन्छ र शासन सत्ताको बागडोर सम्हाल्ने दलको आफ्नै दृष्टिकोण, कार्यक्रम र उसको निर्दिष्ट लक्षित वर्ग, क्षेत्र जाती समुदाय पनि हुने गर्दछन्।

    राजनीतिक दलका हकमा निश्चित उदेश्य र कार्यक्रम र निर्दिष्ट गरिएका लक्ष्य प्राप्तिका लागि तत्कालीन र दीर्घकालिन कार्यक्रम तय गरिएका हुन्छन्। त्यसका स्वरुप आ आफ्नै मूल्यमान्यतामा आधारित अलग अलग हुन सक्छ।

    कतिपयले संघर्ष, विद्रोहका माध्यमबाट निर्दिष्ट उदेश्य पूर्ती गर्न उद्धत हुन्छन् त कसैले लोकतान्त्रिक विधि र पद्धति नै अंगीकार गर्ने गर्दछन्। त्यो उनीहरुले अवलम्बन गरेको विचार र दर्शनका कारणले नै हो। यद्यपि नेपालमा वैकल्पिक राजनीतिको अभ्यास गरेका राजनीतिक दलहरुले निर्वाचनमा लोकतान्त्रिक प्रक्रियाद्धारा नै आफूलाई जनतामाझ लगेका छन्।

    राजनीतिक दलले अनुशरण गरेका दर्शनका आधारमा कार्यक्रम निर्धारण गरिएका हुन्छन्। ती कायक्रममा आधारित तत्कालीन र दीर्घकालीन कार्यभारलाई वर्गीकृत गर्दै राजनीतिक दल आफ्नो लक्ष्य अनुरुप गतिशिल हुन्छन्। छोटो समयमै आफूले अंगीकार गरेको विचारबाट च्यूत भएका नेपालमा थुप्रै इतिहास छन्।

    यसको ज्वलन्त उदाहरण नयाँ शक्ति हुँदै जसपाबाट अन्ततः माओवादीमा फर्कने तयारी गरेका बाबुराम र साझा पार्टी हुँदै विवेकशील साझाबाट राप्रपामा अवतरित भएका रवीन्द्र मिश्र पछिल्ला उदाहरण हुन्।

    बाबुराम कम्युनिष्ट विचार दर्शनबाट विल्कुलै वाम लोकतान्त्रिक भन्दै सबै तवरले नयाँमा अवतरण गरेका हुन्। हिजो कम्युनिष्ट विचार अवलम्बन गर्दा बाबुरामले सशस्त्र संघर्षद्वारा सत्ताप्राप्ति हुन्छ भन्ने मान्यताले जनयुद्ध गरे आज सो विचारधारा परित्याग गरेसँगै लोकतान्त्रिक अभ्यासलाई नै जोड दिँदै वैकल्पिक राजनीतिको नाममा चुनावी अभियानमा सरिक भए।

    मिश्र साझा पार्टी हुँदा गणतन्त्र स्वीकार गरेका थिए। तर,पुरातन विचारधारा अंगालेको पुरानै दल राप्रपामा फर्किएपछि राजतन्त्रको आवश्यकता औंल्याउँदै हिँडेका छन्। तसर्थ विचार या दर्शनले नै राजनीतिक दललाई निर्देशित गर्दछ सोही आधारमा कार्यकर्ता संगठित भएका हुन्छन्।

    एउटा सन्दर्भमा फरक विचारधारा बोकेको राजनीतिकर्मी पुनः नयाँ विचारधाराको अनुशरण गर्दा जनतामा अविश्वसनियता पैदा भएकाले गति लिन नसकेको वैकल्पिक राजनीतिका अभियन्ता डम्मर खतिवडा बताउँछन्। सोही कारण सफल हुन नसकेको उनको ठम्याइ छ।

    लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रियतापूर्वक लागेका खतिवडा नयाँ शक्ति अभियानमा जोडिएका पात्र हुन्। बाबुरामले माओवादी केन्द्रसँग चुनावी समीकरण कायम गर्ने निर्णयपछि उनको साथ छाडेको खतिवडाले सार्वजनिक रुपमा घोषणा गरेका थिए।

    बाबुरामले पछिल्लो समयमा वैकलिपक राजनीति अनुरुप आफूलाई रुपान्तरित गर्न नसकेकाले असफल भएको उनले बताए। यस्तै मिश्रले राजसंस्थाप्रतिको पहिल्यैको रुझान परिवर्तन गर्न नसक्दा सञ्चालन गरेको वैकल्पिक राजनीति असफल भएको खतिवडाको ठहर छ।
    वैकल्पिक राजनीति लहड र असन्तुष्टिको उपज नभइ बलियो राजनीतिक शक्ति भएको उनको भनाइ छ।

    उनी भन्छन्, ‘क्षणिक असन्तुष्टिले आउने बहार होइन। वैकल्पिक राजनीति विचार र दर्शन सबैमा नयाँ विकल्प दिने हुनुपर्छ। विगतका राजनीतिक दर्शनमा जुन भाष्य निर्माण गरियो त्यसभन्दा यथार्थपरक आजको युग सुहाउँदो त्यो नै वैकल्पिक राजनीति हो।’

    उनले अगाडि थपे, ‘असन्तुष्टिको मत हो अहिले रविजीको पार्टीमा प्रकट भएको तर त्यसो नभइ जनताको विश्वाससहितको मत प्राप्त गरेर बन्ने बलियो शक्ति जसले अन्य परम्परागत दलको विकल्प दिन सकोस त्यो नै वैकल्पिक शक्ति हो।’

    उनले बाबुरामको वैकल्पिक राजनीति अन्तर्गतको नयाँ शक्ति असफलताको मूल कारण चुनाव जित्नै पुरानै दलसँग गठबन्धन कायम गर्ने प्रवृत्ति प्रमुख रहेको बताउँछन्।

    उनी भन्छन्, ‘बाबुरामजीले अघिल्लो स्थानीय निर्वाचनमा पार्टी भित्रकै विरोधका बाबजुद् तत्कालीन मधेशी जनअधिकार फोरमको निर्वाचन लिएर चुनावमा जाने निर्णय गर्नुभयो। त्यसपछिको संघ र प्रदेशको निर्वाचनमा वाम गठबन्धनसँग सहमति गर्ने तयारी गर्दै अन्तिममा कांग्रेससँग गठबन्धन गर्दै गोरखामा निर्वाचन लड्नुभयो। यसर्थ जनताले विकल्पका रुपमा विश्वास गरेनन्।’

    उनका अनुसार वैकल्पिक र नयाँ भनेर निर्वाचन जित्न पुरानैसँग सहकार्य गरेकाले जनताको विश्वास गुमाएको आरोप लगाए। फलस्वरुप नयाँशक्ति पार्टीले आशातित परिणाम हात पार्न सकेन।

    उनले अहिले रवि लामिछाने नेतृत्वको रास्वापाले अप्रत्याशित परिणाम हात पार्नुमा गठबन्धनको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यकर्ताले निर्वाचनमा आफ्नै पार्टीको अनुपस्थिति देखेर त्यसैको आवेशमा अन्यत्र मत हाल्दा वर्तमान अवस्था आएको उनको बुझाइ छ।

    आगामी दिनमा वैचारिक रुपमा प्रष्टताका साथ अघि बढेर हालका उपलब्धिलाई जोगाउँदै थप विकास गर्ने चुनौती रविको पार्टीलाई रहेको उनी बताउँछन्।

    उनले बाबुराम र रवीन्द्रको वैकल्पिक राजनीतिलाई नजिकबाट नियालेका छन्। उनी नेपालको वैकल्पिक राजनीतिले यथोचित गति नलिनुमा पुरानै विचार र दर्शनको प्रभाव व्याप्त भएकै कारण यथोचित प्रतिफल प्राप्त हुन नसकेको बताउँछन्।

    रवीन्द्र र बाबुराममा ब्याप्त पुरानै मनोगत प्रवृत्तिले उनीहरुको वैकल्पिक राजनीति सफल हुन नसकेको खतिवडाको जिकिर छ। वैकल्पिक दाबी गर्ने पार्टीहरु सरकारमा जादा परिणाममुखी काम गर्नुपर्ने उनी बताउँछन्। रवि सोही चुनौती सामना गर्दै अगाडि बढ्नुपर्ने उनले सुझाए।

    रविले अब नयाँ विचार र सिद्धान्तसहित व्यावहारिक तादाम्यता मिलाएर राजनीतिक रुपमा अघि बढे वैकल्पिक राजनीतिको दायरा थप फराकिलो बन्दै मजबुद हुने उनको भनाइ छ।

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.