• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सात प्रदेशबाट सात जना, लगातार चुनाव जित्ने र मन्त्री नभएकालाई अवसर


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहँदा सत्तारुढ दल नेकपा एमालेले मन्त्री चयनका लागि नयाँ मापदण्ड अपनाउने भएको छ।

    Advertisement

    एमालेले सातवटै प्रदेशबाट एक एक जनालाई मन्त्री बनाउने र लगातार चुनाव जित्ने तर मन्त्री बन्ने अवसर नपाएकालाई प्राथमिकता दिने भएको छ।

    सात प्रदेशबाट एक-एक जना मन्त्री बनाउने पार्टी नीति भएपनि कर्णाली प्रदेशमा एमाले प्रत्यक्षतर्फ निल भएको छ। त्यहाँबाट समानुपातिक सांसद मन्त्री बन्ने छन्।

    प्रधानमन्त्री दाहालले सपथ लिएकै दिन सात आठ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्दा एमालेबाट प्रदेश एकबाट राजेन्द्र राई, मधेश प्रदेशबाट ज्वाला सिंह, लुम्बिनीबाट विष्णु पौडेल र सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन्।

    एमाले स्रोतका अनुसार अब मन्त्री बन्नेमा पर्वतबाट चुनाव जितेका सांसद पदम गिरी, कास्की-२ विद्या भट्टराई, पाल्पा–२ ठाकुर गैरे, धनुषा–३ जुली कुमारी महतोको मन्त्री बन्ने संभावना रहको छ। यसैगरी ललितपुर-२ बाट निर्वाचित प्रेमबहादुर महर्जनको पनि मन्त्री बन्ने संभावना रहेको स्रोतले जनाएको छ।

    पदम गिरी, विद्या भट्टराईले यसअघि पनि चुनाव जितेका थिए। उनीहरु मन्त्री बन्ने निश्चित जस्तै भएको स्रोतले जनाएको छ। बागमती प्रदेशमा एमालेले प्रत्यक्षतर्फ जम्मा चार सिट जितेको छ।

    काठमाडौं-९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर-२ बाट प्रेमबहादुर महर्जन, काभ्रे-२ बाट गोकुल बास्कोटा र मकवानपुर-२ महेश बर्तौला मात्रै निर्वाचित भएका थिए। बागमतीबाट प्रेमबहादुर महर्जन मन्त्री बन्ने चर्चा छ।

    प्रदेश एकबाट सुनसरी-३ बाट निर्वाचित भगवती चौधरीले पनि मन्त्रीका लागि दाबी गरेकी छन्। कांग्रेसका विजय गच्छदारलाई पराजित गर्दै चुनाव जितेकी चौधरीको मन्त्री बन्ने संभावना रहेको छ।

    कर्णालीबाट प्रत्यक्षमा एक सिट पनि नजितेको एमालेका समानुपातिबाट तीन जना सांसद छन्। दैलेखबाट दीपा शर्मा, सूर्यकुमारी श्रेष्ठ र रुकुम पश्चिमबाट चन्द्रबहादुर विश्वकर्मा सांसद छन्। यी तीन जना मध्ये एक जना मन्त्री बन्ने बताइएको छ।

    सभामुखमा छविलाल

    प्रधानमन्त्री माओवादीलाई बनाएको एमालेले राष्ट्रपति र सभामुख आफैंसँग राख्ने सहमति भएको छ। सभामुख बन्न पूर्वसभामुख सुवास नेम्वाङले अस्वीकार गरेका कारण एमाले सचिवसमेत रहेका रुपन्देही-१ बाट निर्वाचित छविलाल विश्वकर्मा सभामुखका लागि प्रमुख दाबेदार हुन्।

    एमालेमा दलितमा प्रत्यक्षतर्फ एक मात्र निर्वाचित सांसद विश्वकर्मालाई सभामुख दिन अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएका छन्।
    उपाध्यक्ष समेत रहेका पूर्व सभामुख नेम्वाङले पाए राष्ट्रपति बन्ने नभए उपाध्यक्षको रुपमा पार्टीको काम गर्ने बताएपछि सभामुखमा विश्वकर्माको संभावना बलियो बनेको हो।

    राष्ट्रपतिमा तीन जनाको नाम चर्चामा

    एमालेले आफ्नो भागमा परेको राष्ट्रपति कसलाई बनाउँछ भन्नेमा धेरैको चासो छ। राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उपमहासचिव पृथ्वी सुब्बा गुरुङको नाम चर्चामा छ।

    केही नेताहरुले त उपाध्यक्ष रामबहादुर थापा बादललाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। तर उनकी श्रीमती नैनकला थापालाई समानुपातिक सांसद बनाएका कारण बादललाई राष्ट्रपति बनाउने संभावना कम रहेको बताइएको छ।

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.